रेलसम्बन्धी नौ मुद्दा इजलासमा घुम्दै « Khabarhub

रेलसम्बन्धी नौ मुद्दा इजलासमा घुम्दै


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं-सरकारले रेलको विषयलाई प्रमुख एजेन्डा बनाइरहेका बेला रेलको कन्सट्रक्सन कम्पनी र रेल विभागको मुद्दा अदालतमा परेको छ । सर्वोच्च अदालतमा रेलसम्बन्धी नौवटा मुद्दाको सुनुवाइ हुन नसक्दा घुमेको घुम्यै छ । सरकार र ठेकेदारले हालेका यी मुद्दा इजलासमा पेसी चढ्दै र सुनुवाइ सर्दै आएको छ । रेल आउनुपूर्व नै अदालतमा मुद्दा दर्ता हुँदा रेल निर्माणको काम अन्योलमा रहेको राजधानी दैनिकमा खबर छ ।

रेल विभाग मेट्रो तथा मोनोरेल विकास आयोजनाका तर्फबाट महानिर्देशक बलराम मिश्रले तीन थान मुद्दा ३ वैशाखमा सर्वोच्चमा दायर गरेका छन् । सार्वजनिक खरिद पुनरावलोकन कार्यालयको निर्णयविरुद्ध रेल विभागले ३ वैशाख २०७५ मा मुद्दा दायर गरेको थियो । सरकारले नै सरकारी निकायविरुद्ध पहिलोपटक रिटको क्षेत्राधिकार प्रयोग गरी मुद्दा दायर गरेको थियो । विभागको मुद्दासहित सर्वोच्चमा नौवटा मुद्दा विचाराधीन छ ।

नेपालमा मनसुन प्रवेश अझै दुई सातापछि शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । मनसुनको पूर्वसन्ध्यामा जारी प्री मनसुनी वर्षा केही दिन अझै जारी रहनेछ । नेपालमा मनसुन सुरु हुन अझै दुई साताभन्दा बढी लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको मौसम विज्ञान विभागले शनिबारबाट प्रवेश गर्ने औसत समय भए पनि मनसुन सुरु हुन अझै एक साता लाग्ने बताएपछि नेपालको मनसुन पनि पछि सर्ने निश्चित भएको हो । प्री–मनसुनको अवधिमा चलेको वायु र भारतमा प्रवेश गर्ने मनसुनी वायुपछि मात्रै नेपालमा मनसुनको पूर्वानुमान गर्ने गरिन्छ । भारतमा नै एक सातापछि मनसुनी वायु प्रवेश गर्ने भएकाले नेपालमा पनि मनसुन ढिला सुरु हुने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

मनसुन प्रवेशको औसत समयभन्दा केही दिन ढिला गरी नेपालमा मनसुन प्रवेश गर्ने पूर्वानुमान गरिएको महाशाखाका मौसमविद् श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ६ : ५५ बजे

झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानीखेती

स्याङ्जा– स्याङ्जाका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक

परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प

झापा- भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण

चिनियाँ र रुसी राष्ट्रपतिबीच वार्ता, कस्तो छ दुई नेताको सम्बन्ध?

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर

नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’

काठमाडौँ- मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा हेरिएको ऊर्जा

केही भूभागमा वर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रमा तापक्रम बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल