अन्ततः डोजर चलाइएको रंगशालाको बार ठड्याए चितवनबासीले « Khabarhub

अन्ततः डोजर चलाइएको रंगशालाको बार ठड्याए चितवनबासीले


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– डोजर चलाएर भत्काइएको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार चितवनबासीले ठड्याएसँगै आजबाट धुर्मुस सुन्तली फाउण्डेशनले काम सुचारु गर्ने भएको छ ।

रंगशाला निर्माणस्थलमा जम्मा भएका स्थानीय, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिकर्मी, पेसाकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी, जनप्रतिनिधिसहितको समूहले बार ठड्याएका हुन् ।  भत्किएको बार ठड्याइएपछि स्थानीय जनप्रतिनिधिहरुले दोषीलाई कडा कारबाही गर्दै रंगशाला निर्माणका लागि सुरक्षा प्रदान गरिनुपर्ने बताए ।

केही उछृङ्खल व्यक्तिका कारण रंगशाला निर्माणको काम रोक्न नहुने भन्दै रंगशाला निर्माणका लागि आवश्यक पर्ने सहयोग गर्ने जनप्रतिनिधिहरुको भनाइ छ । निर्माणाधीन रंगशाला भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को सिमानामा पर्छ । रंगशाला निर्माणमा अवरोध पु¥याउनेलाई कारबाही गर्नुपर्ने तथा रंगशालाको बार भत्काउनेले बनाउनुपर्ने भन्दै ¥याली समेत निकालिएको थियो । केही व्यक्तिले जेठ १५ गते डोजर चलाएर बार भत्काइएको थियो ।

स्थानीयले बार ठड्याएसँगै फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले भने, ‘आम नेपालीको सपनासँग जोडिएको यो रंगशाला निर्माणमा अवरोध नगर्नुस्, आज देखि हामी काम शुचारु गर्छौं ।’  रंगशालाको बार भत्काइएपछि बार नबनुञ्जेलसम्म कान नगर्ने भन्दै फाउण्डेसनका कर्मचारी र कामदारले रंगशाला निर्माणको काम ठप्प पारेका थिए ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ८ : ५९ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी