अस्ट्रेलियामा ‘जात्रै जात्रा’ क्रेज, वर्षा बनिन् ट्रोलको शिकार « Khabarhub

अस्ट्रेलियामा ‘जात्रै जात्रा’ क्रेज, वर्षा बनिन् ट्रोलको शिकार


१९ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले अस्ट्रेलियामा उत्साहजनक व्यापार गरेको छ । योसँगै अस्ट्रेलियामा रहेका नेपालीबीच पनि फिल्मको बजार बढ्ने लक्ष्य लिइएको छ । अस्ट्रेलियामा रहेका नेपालीले फिल्म हेरिसकेपछि फिल्म रुचाएको प्रतिक्रिया दिए ।

नेपालमा पनि यो फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ । यसैबीच अस्ट्रेलियामा पनि उत्तिकै लोभलाग्दो व्यापार गरेको निर्देशक भट्टराईले जानकारी दिए । अस्ट्रेलियामा २० भन्दा बढी शो भएको र ती सबै शो हाउसफूल रहेको बताइएको छ । अस्ट्रेलियामा रहेका नेपालीले फिल्म मन पराइरहेका छन् ।

विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, दयाहाङ राई लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म कमेडी विधामा निर्माण गरिएको हो । समीक्षकले पनि फिल्मको तारिफ गरेका थिए ।

यसैबीच अस्ट्रेलियामा फिल्मको प्रमोसनका क्रममा रहेकी नायिका वर्षा राउत ट्रोलको शिकार बनेकी छिन् । उनले लगाएको पोशाकलाई लिएर सामाजिक सञ्जालमा ट्रोल बनाइएको हो । कतिपयले भने सामान्य पोशाक भएको भन्दै ट्रोल बनाउनु मूर्खता भएको बताएका छन् ।

तर, धेरैले भने ट्रोलको शिकार बनाएका छन् । कतिले त यसलाई फिल्म चलाउने काइदाका रुपमा पनि लिएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार  ११ : ०३ बजे

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक