नेयमारमाथि लाग्यो बलात्कारको आरोप « Khabarhub

नेयमारमाथि लाग्यो बलात्कारको आरोप


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ब्राजिल तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी नेयमारमाथि एक महिलमाथि बलात्कार गरेको आरोप लागेको छ । पीएसजीका लागि खेलिरहँदा फ्रान्सको पेरिसको एक होटेलमा नेयमारले ति महिललाई बलात्कारको प्रयास गरेको भन्दै पेरिस प्रहरीमा उजुरी परेको छ ।

पेरिसको सान पाउलो प्रहरीमा परेको उजुरी अनुसार नेयमारले ति महिलालाई बलात्कार गर्ने प्रयास गरेको समाचारहरु सार्वजनिक भइसक्दा पनि नेयमार र उनको प्रतिनिधिबाट भने कुनै प्रतिक्रिया आएको छैन् ।

नेयमार अहिले कोपा अमेरीकाको तयारीका लागि ब्राजिल राष्ट्रिय टोलीको अभ्यासमा जुटेका छन् । प्रहरीको रिपोर्ट अनुसार नाम नखुलाउने सर्तमा ति महिला र नेयमारको परिचय सामाजिक सञ्जाल इन्स्टाग्राममा भएको थियो । परिचय पछि नेयमारले उनीहरुबीच भेट्ने कुरा भएको थियो ।

केही समयपछि नेयमारले उनलाई प्लेनको टिकट व्यवस्था गर्दै ब्राजिलबाट फ्रान्स बोलाएका थिए । ब्राजिलबाट पीडित युवतीलाई बोलाएर नेयमारले उनलाई पेरिसको सोफ्टेल पेरिस आर्क डु त्रिओम्फेमा राखेका थिए ।

युवती होटलमा बसिरहँदा नेयमार मे १५ मा उक्त होटल युवतीलाई भेट्न पुगेका थिए । जहाँ उनी रक्सी खाएर लठ्ठ भएर उनलाई भेट्न आएको आरोप नेयमारमाथि लागेको छ ।

भेटपछि उनी युवतीसँग आक्रामक रुपमा प्रस्तुत भएका थिए । जहाँ नेयमारले उनीमाथि शारीरिक सम्बन्धका लाग प्रस्ताव राखेका थिए भने अस्वीकारपछि उनले जवरजस्ती गर्न खोजेको पीडित युवतीले प्रहरीको उजुरीमा उल्लेख गरेको बीबीसीले उल्लेख गरेको छ ।

घटनाको २ दिन पछि ब्राजिल फर्किएकी उनले तत्काल फ्रान्स प्रहरीमा भने उजुरी गरिनन् । फुटबल स्टार रोनाल्डोमाथि पनि अमेरीकी युवतीले फ्रान्सको पेरिसमा बलात्कार गरेको आरोप लागेको छ भने उनको मुद्दा पनि पेरिस अदालतमा चलिरहँदा अर्का स्टारको बलात्कार काण्ड सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १० : ५१ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,