९० किलोकी थिइन् यी नायिका, तौल घटाएर बनिन् सुपरस्टार « Khabarhub

९० किलोकी थिइन् यी नायिका, तौल घटाएर बनिन् सुपरस्टार


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउडका कलाकारले आफूलाई फिट राख्न केसम्म गर्दैनन् ? कतिले त ट्रान्सफर्मेसन पनि गरेको समाचार हामीले सुनिरहेका छौँ । सोनाक्षी सिन्हाले पनि आफूलाई नायिका बनाउन कडा मेहनत गरेकी थिइन् । शुरुमा यी नायिका ९० किलोकी थिइन् । पछि उनले पहिलो फिल्मका लागि झण्डै ३० किलो तौल घटाएकी थिइन् ।

जसकारण पहिलो फिल्म देखेर कैयन् फिल्म दर्शक उनका फ्यान भएका थिए । सोनाक्षी सिन्हाले आफूलाई स्लिम राख्न कडा मेहनत गरेकी थिइन् ।

शत्रुधन सिन्हाकी छोरी सोनाक्षीले ३२ औँ जन्मदिन मनाएकी छिन् । कस्टुम डिजाइनरबाट आफ्नो करिअर थालिएकी सोनाक्षीले फिल्मबाट अफर पाएकी छिन् । सन् २०१० मा सलमान खानका साथ पहिलोपटक फिल्म ‘दबंग’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी सोनाक्षी फिल्म रिलिजपछि एकाएक चर्चामा आइन् ।

सोनाक्षीले ‘दबंग’ बाट बेस्ट फिमेल डेब्यु विधामा फिल्मफेअर अवार्ड पनि जितिन् । उनले अहिलेसम्म १७ भन्दा पनि बढी फिल्ममा काम गरिसकेकी छिन् । तर, आफ्नो ९ वर्षको फिल्म करिअरमा सोनाक्षीले हिटभन्दा बढी फ्लप फिल्म दिएकी छिन् ।

सन् २०१२ मा रिलिज भएको प्रभु देवाको फिल्म ‘राउडी राठोर’ सोनाक्षीको दोस्रो फिल्म थियो । अक्षय कुमारसँग पर्दामा आएकी सोनाक्षीको यो फिल्म हिट भएको थियो । यस्तै सोनाक्षीको ‘सन अफ सरदार’ पनि हिट भएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ११ : ४४ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट