दरबार हत्याकाण्डमा के–भयो, बनेको थियो भिडियो (भिडियोसहित) « Khabarhub

दरबार हत्याकाण्डमा के–भयो, बनेको थियो भिडियो (भिडियोसहित)


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजा वीरेन्द्रको वंश नास हुने गरी भएको दरबार हत्याकाण्ड भएको १८ वर्ष पुगेको छ । नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड १८ वर्ष पुग्दा पनि त्यससँग जोडिएका थुप्रै घटनाक्रम ‘रहस्यमय’ नै बनेका छन् ।

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाएको यो कहाली लाग्दो घटनामा कसको हात थियो भन्ने विषय अझै अन्यौलमा छ । तत्काली युवराज दीपेन्द्रले आफ्नै परिवारमा गोलि चलाएको घटनाको अध्ययन गर्न बनेको तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाटको २ सदस्यीय टोलीले तयार पारेको अध्ययन प्रतिवेदनको निश्कर्ष भए पनि आम नेपाली जनता दीपेन्द्रले घटना घटाएको भन्ने विषय पत्याउँदैनन् । त्यसैले पनि यो घटना अझै रहस्यमय बन्दै गएको छ ।

दरबार हत्याकाण्डको प्रशंग जोडिएर धेरै पुस्तक प्रकाशन भएपनि त्यहाँ पनि अनुमानकै कुराबाहेक अन्य तथ्य सार्वजनिक हुन सकेको छैन ।

दरबार हत्याकाण्डसँग जोडिएर दरबारमा लामो समय काम गरेका पूर्व सैनिक सचिव लगायतले पुस्तक लेखेको भएपनि घटना भने उनीहरुले पनि आफैंले देखेको भन्दा पनि अरुले भनेको आधारमा लेखेका छन् ।

सरकारी छानवीन प्रतिवेदनका आधारमा विदेशीले बनाइएको भीडियो पनि सार्वजनिक भएको छ । जहाँ रात्रिभोजमा सहभागी केहीसँग कुरा पनि गरिएको छ ।

यदी दीपेन्द्रले नै गोली चलाएको भए कस्को उक्साहटमा परिवार सखाव हुनेगरी गोली प्रहार गरे । दीपेन्द्रको मानसिक स्वास्थ्यको अवस्था कस्तो थियो ? फायरिङ चल्दा त्यहाँ उपस्थित अङ्गरक्षक सैनिकहरूले किन नियन्त्रणको प्रयास गरेनन् ? दीपेन्द्रले आत्महत्या गरेकै हुन् त ? लगायतका जिज्ञाशाको उत्तर अझै आउन सकेको छैन ।

घटना भएको स्थल त्रिभुवन सदनलाई २०६१ सालमा भत्काइको छ । हत्याकाण्डमा प्रयोग भएको हतियार भने नेपाली सेनासँग सुरक्षित छ । दरबार हत्याकाण्डसम्बन्धी पुस्तक लेखेका इतिहासविद् प्रा.डा. राजकुमार पोखरेलले घटनास्थल नष्ट गर्नुलाई शङ्काको दृष्टिकोणले हेरिनुपर्ने तर्क गर्छन् ।

२०५८ साल जेठ १९ गते शुक्रबार राति सवा नौ बजे घटना भएको थियो । घटनामा परेका मृतक तथा घाइते राजपरिवारका सदस्यलाई छाउनी अस्पतालसम्म लगिएको थियो । दरबार हत्याकाण्डपछि राजा घोषणा भएका युवराज दीपेन्द्रको पनि हत्याकाण्डको तेस्रो दिन मृत घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १२ : २८ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई