पहाडी र पूर्वी तराईमा साँझपख अझै केही दिन वर्षा हुने « Khabarhub

पहाडी र पूर्वी तराईमा साँझपख अझै केही दिन वर्षा हुने


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही दिन पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो अझै केही दिन कायम रहने महाशाखाले जनाएको हो ।

‘तीन/चार दिनसम्म अझै प्रायः अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने देखिन्छ ।’ महाशाखाका मौसमविद मीनकुमार अर्यालले भने, ‘दिउँसो घाम लागे पनि साँझपख मौसममा बदली भई पश्चिम तराईबाहेकका स्थानमा वर्षा हुने सम्भावना छ ।’

जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रह्यो भने मनसुन हुन्छ तर त्यो प्रणाली हाल शुरु भइसकेको छैन । अहिले वायुमण्डलको तल्लो सतह (एक÷डेढ किलोमिटरसम्म) मात्र उक्त वायुको प्रभाव रहेको मौसमविद् अर्यालले बताए ।
सामान्यतया नेपालमा मनसुन शुरु हुने समय जुन १० हो । तर, यस वर्ष झण्डै एक साता ढिला हुने देखिएको महाशाखाको अनुमान छ । नेपालमा मनसुन प्रवेश हुने भारतको केरलामा अहिलेसम्म मनसुन शुरु भएको देखिँदैन ।

पश्चिम तराईमा केही दिन अझै सुक्खा 

उता, पश्चिम तराईमा भने यस मौसम प्रणालीको प्रभाव परेको छैन । बङ्गालको खाडीबाट पनि टाढा रहेको र पश्चिमी वायुको प्रभाव तराईमा सधैँ नपर्ने भएकाले नेपालगञ्जदेखि पश्चिमको तराईमा भने अझै केही दिन सुक्खा रहने मौसमविद् अर्यालले जानकारी दिए ।

पश्चिमी वायुको मौसम प्रणाली धेरै भयो भने मात्र पश्चिम तराईमा प्रभाव पर्ने हो, पश्चिमी वायुको प्रभाव सामान्यतया पश्चिम भेगका पहाडी र हिमाली क्षेत्रमा बढी पर्छ । ‘पश्चिम तराईमा तत्काल वर्षा नभए पनि बादल देखिएर तीन/चार डिग्री सेल्सियस तापक्रम घट्ने अनुमान छ’ उनले भने । पश्चिमी तराईमा हाल पूर्वको तुलनामा पाँच÷छ डिग्री सेल्सियस तापक्रम बढी छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १ : ०० बजे

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका