एक गाग्री पानीका लागि हप्तामा पालो, तत्कालै चाहिए तीन घन्टा हिँड्नुपर्ने ! « Khabarhub

एक गाग्री पानीका लागि हप्तामा पालो, तत्कालै चाहिए तीन घन्टा हिँड्नुपर्ने !


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा–पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ ।

सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुक्दा स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा तथा वडा सदस्य रमा नेपालीले बताए । पश्चिम पाल्पाको भुवनपोखरीको गोखुङ्गामा ६० घर दलित बस्ती छ ।

दलित बस्तीले उपभोग गर्ने खानेपानीको मुहान एउटा मात्र रहेको छ । वर्षात्को पानी सङ्कलनका लागि सबैका घरमा घैँटा छन् । तर, यसपालिका घैँटाका पानी माघ/फागुनमा सकिएपछि खानेपानीको पिरलोमा स्थानीय दिनरात कटाउन बाध्य छन् ।

यसपटक प्रशस्त वर्षात् हुन नसकेकाले आकाशेपानी सकिएपछि यहाँका दलित समुदायमा पानीका लागि मुहानको खोजीमा दिनभर खर्चिन बाध्य हुनुपरेको गुनासो उनीहरुको छ । रैनादेवी छहरा गाउँ कार्यापालिका सदस्य तथा स्थानीय बासिन्दा गोपाल परियारका अनुसार पानी समस्या बढेपछि दिनरात पानीको मुहानमा बिताउनु परेको छ ।

हप्तामा एक गाग्री पानीले परिवारका लागि अपुग हुने भएपछि यहाँका स्थानीय बासिन्दा तीन घण्टा लगाएर एक गाग्री पानी बोकेर ल्याउन बाध्य बनेका छन् । बिहान ५ बजे पानी ल्याउनका लागि हिँडेका पधेरीहरु ८ बजेतिर घरमा पाइला टेक्छन् ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १ : ०० बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल