स्वस्थ्य बन्न दैनिक कति पानी पिउने ? यसरी थाहा पाउनुहोस् | Khabarhub Khabarhub

स्वस्थ्य बन्न दैनिक कति पानी पिउने ? यसरी थाहा पाउनुहोस्


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिकित्सकहरुका अनुसार एकजना स्वस्थ्य व्यक्तिले दैनिक कम्तिमा दुई लिटर हाराहारीमा पानी पिउनु आवश्यक हुन्छ । तर, यसरी पानी पिउँदै गर्दा शरीरको वजनमा पनि भर पर्छ । त्यसो भए कति वजन भएका मानिसले कति पानी पिउने त ?

शरीरको तौल अनुसार पानीको मात्रा फरकफरक

शुरुमा आफ्नो शरीरको तौल कति छ थाहा पाउनुस् । अनि शरीरको तौललाई ३० ले भाग गर्नुहोस् । त्यसो गर्दा भागफल जति आउँछ त्यति नै बराबरको लिटर पानी पिउन शुरु गर्नुहोस् । उदाहारणको लागि तपाईंको तौल ६० किलो छ भने तपाईंले दिनमा २ लिटर पानी पिउनु आवश्यक हुन्छ । त्यसैगरी ८० किलो तौल भएका मानिसले २.६ लिटर पानी पिउनु पर्छ ।

व्यायामको समयमा धेरै

तपाईंले व्यायाम गरिरहनु भएको छ भने त्यो समयमा तपाईंको शरिरबाट धेरै पसिना बग्छ । त्यसका कारण शरिरमा पानीको मात्रा कमी हुन जान्छ । यसरी पानीको मात्रा कमी हुँदा सुख्खापन हुने मात्र नभई यसले पाचन प्रणालीमा समेत समस्या ल्याउन सक्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि व्यायाम गरिसकेको आधा घण्टामा कम्तीमा पनि एक गिलास पानी अवश्य पिउनुपर्छ ।

यसका साथ साथै फलफुल तथा जुस पनि शरीरका लागि आवश्यक पर्छ । हुन त शरीरको लागि आवश्यक पानीको मात्रा पूरा गर्न पानी नै मात्र पिउनु पर्छ भन्ने पनि छैन । यसका लागि अत्यधिक पानीको मात्रा पाईने फलफूल तथा अन्य खानेकुरा पनि सेवन गर्न सकिन्छ । शरीरमा २०.२५ प्रतिशत पानी हामीले खाने खानाहरुबाट प्राप्त हुन्छ । जस्तै एउटा स्याउमा ११६ मिलि लिटर पानी हुन्छ । त्यस्तै खरबुजा, सुन्तला जस्ता फलफूलमा पनि प्रशस्त पानी पाइन्छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १ : ५० बजे

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा

१० अर्ब बढीको कारोबार हुँदा साढे १२ अंकले घट्यो नेप्से

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १२ अंकले घटेको