हातले अंक जोड्दा त्रुटि भयोः अर्थमन्त्री | Khabarhub Khabarhub

हातले अंक जोड्दा त्रुटि भयोः अर्थमन्त्री


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अंकमा तलमाथि नपरेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजश्वमा जाने केही अंक प्राविधिक कारण संघमै देखिए पनि यसलाई सच्याइसकिएको बताए ।

अर्थमन्त्री डा खतिवडाले भने, ‘उपकरणले जोड्नुपर्ने अंक हातले जोडिएका कारण अनुसूची विवरणमा प्राविधिक त्रुटि देखियो । यसलाई सच्याइएको छ ।’अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयन गर्न बजेटले उच्च प्राथमिकता दिएको र आन्तरीक ऋण रू १७२ अर्बभन्दा माथि नजाने स्पष्ट पारे ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद डा मीनेन्द्र रिजालले आर्थिक वर्ष २०७६/७६ को राजश्व र व्ययको वार्षिक अंकको अनुसूचीमा त्रुटि देखिएको भन्दै अर्थमन्त्रीले जवाफ नदिएसम्म सदन अगाडि बढ्न नसक्ने बताएका थिए ।

लोक सेवा आयोगले खोलेको विज्ञापनप्रति राजपाको आपत्ति

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद लक्ष्मणलाल कर्णले संवैधानिक परिषद् र न्याय परिषद्ले गर्ने नियुक्ति समानुपातिक र समावेशी नभएको बताए । उनले संविधानको समानुपातिक र समावेशी सिद्धान्त विपरीत लोक सेवा आयोगले नौ हजार पदमा विज्ञापन खुला गरेकामा आपत्ति जनाए ।

ज्यान जोगाइ पाउँ

संघीय ससंद्को बैठक कक्षमा सांसदको आसनका लागि राखिएको कुर्सी समयमा मर्मत नुहँदा सांसदले दुःख पाएको भन्दै सत्तारुढ दलका सांसद खगराज अधिकारीले अवाज उठाए । सांसद अधिकारीले बिग्रिएको कुर्सीको भाग उठाएर सभामुखलाई देखाउँदै भने, ‘कुर्सी मर्मत गर्नुपर्‍यो भनेर कति दिन भन्ने ? सभामुख महोदय, ज्यान जोगाइ पाउँ ।’ यसपछि सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको बताएका थिए ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  २ : ३५ बजे

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले