खगेन्द्रले गरे ड्रिम प्रोजेक्ट ‘पानी फोटो’ निर्माणको घोषणा « Khabarhub

खगेन्द्रले गरे ड्रिम प्रोजेक्ट ‘पानी फोटो’ निर्माणको घोषणा


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – खगेन्द्र लामिछानेले निर्देशन गर्ने गरी फिल्म ‘पानी फोटो’ निर्माणको घोषणा गरिएको छ । जनयुद्धको कथामा आधारित नाटक ‘पानी फोटो’ आठ वर्षअघि मञ्चन भएको थियो । सोही नाटकको मर्ममा रही फिल्म निर्माण गर्न लागिएको हो ।

पन्ध्र वर्षअघि बेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बाबुआमाको कथा फिल्ममा हुनेछ । आइतवार राजधानीमा आयोजना गरिएको औपचारिक कार्यक्रममा अभिनेता खगेन्द्र लामिछानेले यो फिल्मलाई आफ्नो क्षमताले भ्याएसम्म स्तरीय बनाउने बताए ।

‘यो मेरो ड्रिम प्रोजेक्ट हो, नाटक मञ्चनका बेलामा पनि सधै हाउसफूल हुने गथ्र्यो, दर्शकको मनमा एक खाले चाहना पाउँथे,’ खगेन्द्रले भने, ‘यो कथा दर्शकले सुन्नुपर्छ भन्ने लागेर हामीले सिनेमा बनाउने निर्णय ग–यौँ ।’

चलचित्रमा अनुप बराल, सुनील पोखरेल, निशा शर्मा पोखरेल, मेनुका प्रधान, बुद्धि तामाङ, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, कमलमणि नेपाल, आशान्त शर्मा लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा लेखन खगेन्द्र लामिछानेको नै रहनेछ । लामिछानेले यही फिल्मबाट फिल्म निर्देशनमा डेब्यु गर्दैछन् ।

टुकी आर्टस् प्रा.लि. र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्म काठमाडौं, चितवन, स्याङ्ज्या र रोल्पामा हुनेछ । फिल्मलाई दीपक बज्राचार्यले खिच्नेछन् भने निमेष श्रेष्ठ र अर्जुन कार्कीले सम्पादन गर्नेछन् । नाटक ‘पानी फोटो’ पुस्तकमा पनि उपलब्ध छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ४ : १३ बजे

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध