वितरणमुखि बजेट राष्ट्रिय आवश्यकता–योगेश « Khabarhub

वितरणमुखि बजेट राष्ट्रिय आवश्यकता–योगेश


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेशकुमार भट्टराईले राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर सरकारले वितरणमुखि बजेट ल्याएको बताएका छन् ।

सरकारले ल्याएको बजेट वितरणमुखि भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आलोचना गरिरहेका बेला नेता भट्टराईले गरीब जनताको हितलाई ध्यानमा राखेर सरकारले वितरणमुखि बजेट ल्याउनु परेको प्रतिक्रिया दिएका हुन् ।

आइतवार प्रतिनिधिसभामा सरकारले पेश गरेको ‘आर्थिक वर्ष २०७६÷७७ को राजस्व, र व्ययको आर्थिक अनुमान’माथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले गरीब, दलित, महिलालगायतका पिछडिएका समूदायको हितका लागि पनि बजेट वितरणमुखि हुनु मुलुकको बाध्यता भएको बताए ।

नेता भट्टराईले बजेटले राष्ट्रिय गौरवको आयोजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिएको स्मरण गराए ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम सम्पन्न गर्ने गरी बजेट ल्याउनुले मुलुकको उर्जा संकट समाधानमा उल्लेख्य योगदान पुर्या‍उने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ४ : १४ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने