सन्दीप लामिछानेसहित ५ जना पिपुल्स च्वाइस अर्वाडका लागि मनोनित | Khabarhub Khabarhub

सन्दीप लामिछानेसहित ५ जना पिपुल्स च्वाइस अर्वाडका लागि मनोनित


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजीएफ)ले आयोजना गर्ने पल्सर स्पोट्स अवार्डको ‘पिपुल्स च्वाइस अर्वाड’का लागि ५ जना खेलाडी मनोनयनमा परेका छन् । काठमाडौंका आज (आइतबार) पत्रकार सम्मेलन आयोजना गरी मनोनयनमा परेका ५ खेलाडीको नाम सार्वजनिक गरिएको हो ।

मनोनयनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने, राष्ट्रिय महिला फुटबल टोलीकि स्टाइकर सावित्रा भण्डारी, भलिबल टोलीकी खेलाडी रेश्मी भण्डारी, शारीरिक सुगठनका महेश्वर महर्जन र व्याटमिन्टनका प्रिन्स दाहाल परेका छन् । खेलाडीहरुले पछिल्लो एक वर्ष देखाएको प्रदर्शन र उनीहरुको प्रदर्शनले राष्ट्रिय टिमको सफलता वा नेपाल देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको हुँदा खेलाडीलाई पिपुल्स च्वाइस अर्वाडका लागि छनोट गरिएको हो ।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट एसएमएस भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका पत्रकारको भोट र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिनेछ । एसएमएस भोटिङ र फेसबुक लाईको मतभार ५० प्रतिशत रहनेछ भने पत्रकारको भोट र संघका मुख्य प्रशिक्षकको मतको भार २५–२५ प्रतिशत रहनेछ ।

खेलाडीलाई भोट गर्न नेपाल टेलिकम, एनसेल र स्माट कार्डका प्रयोगकर्ताले ३७७२२ नम्बरमा म्यासेज गर्न सक्नेछन् । म्यासेज बक्समा गएर पल्सर टाईप गरेर एक स्पेस दिएर खेलाडीको कोड र नाम टाईप गरेर ३७७२२ मा पठाउन सकिनेछ ।

सन्दीपलाई भोट गर्न Pulsar <space> SL लेखेर ३७७२२ मा पठाउन सकिनेछ । त्यस्तै, रेश्मालाई भोट गर्नका लागि Pulsar <space> RB लेखेर, प्रिन्सका लागि Pulsar <space> PD लेखेर र सावित्राका लागि Pulsar <space> SB टाइप गरी ३७७२२ मा पठाउन सकिन्छ ।

यस्तै महेश्वरका लागि Pulsar <space> MM टाइप गरी ३७७२२ मा पठाउन सकिनेछ । भोटिङ आज (आइतबार) दिउँसो १२ बजेदेखि असार १६ गते राति १२ बजेसम्म खुल्ला हुनेछ । विजेताको घोषणा आगामी असार १७ गते आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डको अवसरमा गरिनेछ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ४ : २६ बजे

ओमानलाई नेपालले दियो १५२ रनको लक्ष्य

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही