सन्दीप लामिछानेसहित ५ जना पिपुल्स च्वाइस अर्वाडका लागि मनोनित « Khabarhub

सन्दीप लामिछानेसहित ५ जना पिपुल्स च्वाइस अर्वाडका लागि मनोनित


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजीएफ)ले आयोजना गर्ने पल्सर स्पोट्स अवार्डको ‘पिपुल्स च्वाइस अर्वाड’का लागि ५ जना खेलाडी मनोनयनमा परेका छन् । काठमाडौंका आज (आइतबार) पत्रकार सम्मेलन आयोजना गरी मनोनयनमा परेका ५ खेलाडीको नाम सार्वजनिक गरिएको हो ।

मनोनयनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने, राष्ट्रिय महिला फुटबल टोलीकि स्टाइकर सावित्रा भण्डारी, भलिबल टोलीकी खेलाडी रेश्मी भण्डारी, शारीरिक सुगठनका महेश्वर महर्जन र व्याटमिन्टनका प्रिन्स दाहाल परेका छन् । खेलाडीहरुले पछिल्लो एक वर्ष देखाएको प्रदर्शन र उनीहरुको प्रदर्शनले राष्ट्रिय टिमको सफलता वा नेपाल देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको हुँदा खेलाडीलाई पिपुल्स च्वाइस अर्वाडका लागि छनोट गरिएको हो ।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट एसएमएस भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका पत्रकारको भोट र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिनेछ । एसएमएस भोटिङ र फेसबुक लाईको मतभार ५० प्रतिशत रहनेछ भने पत्रकारको भोट र संघका मुख्य प्रशिक्षकको मतको भार २५–२५ प्रतिशत रहनेछ ।

खेलाडीलाई भोट गर्न नेपाल टेलिकम, एनसेल र स्माट कार्डका प्रयोगकर्ताले ३७७२२ नम्बरमा म्यासेज गर्न सक्नेछन् । म्यासेज बक्समा गएर पल्सर टाईप गरेर एक स्पेस दिएर खेलाडीको कोड र नाम टाईप गरेर ३७७२२ मा पठाउन सकिनेछ ।

सन्दीपलाई भोट गर्न Pulsar <space> SL लेखेर ३७७२२ मा पठाउन सकिनेछ । त्यस्तै, रेश्मालाई भोट गर्नका लागि Pulsar <space> RB लेखेर, प्रिन्सका लागि Pulsar <space> PD लेखेर र सावित्राका लागि Pulsar <space> SB टाइप गरी ३७७२२ मा पठाउन सकिन्छ ।

यस्तै महेश्वरका लागि Pulsar <space> MM टाइप गरी ३७७२२ मा पठाउन सकिनेछ । भोटिङ आज (आइतबार) दिउँसो १२ बजेदेखि असार १६ गते राति १२ बजेसम्म खुल्ला हुनेछ । विजेताको घोषणा आगामी असार १७ गते आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डको अवसरमा गरिनेछ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ४ : २६ बजे

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा