ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा « Khabarhub

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति भङ्ग गर्ने, लागुऔषध तथा यौनजन्य गतिविधिका लागि दुरुत्साहन गर्ने र बिचौलियाका रूपमा काम गर्ने ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक एवं सर्वसाधारणलाई लागुऔषध तथा यौनजन्य गतिविधिमा संलग्न हुन दुरुत्साहन गर्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको गुनासो बढेपछि प्रहरीले विशेष निगरानी तथा कारबाही गरेको थियो। सो क्रममा सार्वजनिक मर्यादा तथा शान्ति भङ्ग गर्नसक्ने आशङ्का देखिएका ५९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले नियन्त्रणमा लिएकामध्ये प्रारम्भिक छानबिन तथा अनुसन्धान गर्दा १३ पुरुष र २२ महिलाको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

उनका अनुसार छानबिनपश्चात् संलग्नता देखिएका निज ३५ केही रात्रिकालीन व्यवसायमा बिचौलियाका रूपमा काम गर्ने, लडाइँ–झगडा गर्ने तथा अन्य अनैतिक क्रियाकलापमार्फत सार्वजनिक मर्यादा एवं शान्ति भङ्ग गर्ने गतिविधिमा संलग्न रहेको पाइएको छ।

प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ११ : ०२ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना