सासंदलाई छुट्याइएको ६ करोडविरुद्ध सर्वोच्चमा रिट | Khabarhub Khabarhub

सासंदलाई छुट्याइएको ६ करोडविरुद्ध सर्वोच्चमा रिट


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा सांसदलाई दिने ६ करोडको घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सासंदलाई छुट्याईएको बजेट संविधान विपरित भएको भन्दै उक्त व्यवस्था हटाउन माग गर्दै सार्वोच्च अदालतमा रिट परेको हो ।

निर्वाचन क्षेत्रको पूर्वाधार विकास कोष मार्फत सासंदहरुलाई बाँडिएको रकम गैर संवैधानिक भएको भन्दै अधिवक्ता पारसमणि भट्टराइले आइतबार उक्त रिट दायर गरेका हुन् । सांसदलाई ६ करोड दिने व्यवस्था नेपालको संविधानको धारा १,४,५६ र ५७ सँग बाझिएको रिटमा उल्लेख छ ।

उक्त व्यवस्था संविधानसँग बाझिएकाले तत्काल खारेज गर्ने उनले माग समेत गरेका छन् । गत सोमबार उक्त रिट सर्वोच्चका रजिष्ट्रार लालबहादुर कुँवरले दरपीठ गरेका थिए । पछि न्यायाधीश डम्बरबहादुर शाहीले उक्त रिट दायर गर्न प्रशासनलाई आदेश दिएकापछि आइतबार रिट दायर गरिएको हो ।

सांसदलाई विकास खर्च बाडिँदा शक्ति बाँडफाँडको सिद्धान्तमा खलल पुग्ने अधिवक्ता भट्टराईले बताए । सासंदलाई विकासमा काममा खटाइँदा कार्यपालिकाको भूमिकामा हस्तक्षेप हुने रिटमा उल्लेख छ ।

सांसदलाई विकास खर्च दिँदा स्थानीय, प्रदेश र संघीय सरकारको काम र अधिकारमाथि हस्तक्षेप हुने भट्टराईले दायर गरेको रिटमा जनाइएको छ । उक्त रिटमाथि जेठ २४ गते सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ५ : ४४ बजे

पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो : महामन्त्री थापा

चौतारा– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा

प्रथम झापा-१ काठमाडौं कप फुटसलको उपाधि मेचीनगरलाई

काठमाडौं– प्रथम झापा-१ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि मेचीनगरले जितेको

‘समाजवाद ल्याउन कम्युनिष्टबीच एकता आवश्यक’ : नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई

एनपीएल – आनी, राजेश र रोहितले अनावरण गरे लुम्बिनीको जर्सी

काठमाडौं – लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी

उपनिर्वाचन : भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं– आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू