एयर इन्डियाको जहाजले किन गर्‍यो ओभरसुट ? « Khabarhub

एयर इन्डियाको जहाजले किन गर्‍यो ओभरसुट ?


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको जहाजले आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओभरसुट गरेको छ । अवतरणका क्रममा जहाजले धावनमार्गमा नछोइ फेरि उडान गर्नुलाई ओभरसुट भनिन्छ ।

अवतरण गर्नै लाग्दा मिस अप्रोच (सही बाटो पहिल्याउन नसक्नु) भएपछि उक्त जहाजले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एयर बस ३२०–२१४ सिरिजको जहाजकै समस्याले मिस अप्रोच भएर ओभरसुट गरिएको विमानस्थल महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

बिहान ८ बजेर ५५ मिनेटको समयमा अवतरण गर्न लागेको जहाजले सही बाटो पहिल्याउन नसकेपछि ओभरसुट गरेको थियो । ओभरसुट गरेको जहाज निजगढ पुगेर आएपछि सवा नौ बजे विमानस्थलमा सफलताका साथ अवतरण भएको थियो ।

ओभरसुट गर्नुलाई सामान्य रुपमा लिने गरिएपनि आइतबारको ओभरसुट भने असामान्य देखिएको र ठूलो दुर्घटना हुनबाट बचेको विमानस्थल अधिकारीको भनाइ छ । उक्त जहाज अवतरणपछि यात्रु लिएर पुनः दिल्ली फर्किसकेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ६ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै