‘तिम्रो मायाले बाँधेर राख’ को कभर गीतले झण्डै कुटाइ खाइनँ : एलिना « Khabarhub

‘तिम्रो मायाले बाँधेर राख’ को कभर गीतले झण्डै कुटाइ खाइनँ : एलिना


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कभर गीत ‘तिम्रो मायाले बाँधेर राख’ गाएर चर्चामा आएकी गायिका एलिना चौहानले कभर गीत गाएकै कारणले दुर्व्यवहार सहनु परेको गुनासो गरेकी छिन् ।

कभर गरेको गीत युट्युबमा ७८ लाख भन्दा बढी पटक हेरिएको थियो । यो गीत भिडियो ब्लगिङ साइट टिकटकमा पनि खुबै कभर गरिएको थियो । पछिल्लो समय चौहान यही गीतका कारण चर्चामा थिइन् । उनको चर्चासँगै गीतका स्रष्टाले युट्युबमा आफ्नो नाम राख्न भनेका थिए । स्रष्टाले भनेपछि उनले आफ्नो गीतमा गायक श्याम कार्कीको नाम समेत थपेकी थिइन् । तर, वास्तविक गीतको टिमले पछिल्लो समय यो गीतलाई युट्युबबाट ‘कपीराइट क्लेम’ गरेर हटाएको चौहानले बताइन् ।

‘मैले यो गीत कभर गर्ने बेलामा पनि सोधेर गरेकी थिएँ, श्याम (कार्की) दाइले मलाई गाऊ भन्नुभएको थियो, पछि मैले गाएँ, पहिले मोनिटाइजको कुरा गर्नुभएन,’ चौहानले खबरहबसँग कुरा गर्दै भनिन्, ‘मैले यो गीत रेकर्ड गर्दा आफ्नो पैसाले कभर गरेको हुनाले मोनिटाइज पनि गरेँ, पछि उहाँहरुले मोनिटाइजलाई लिएर प्रश्न उठाएपछि अफ गरिदिएँ ।’

चौहानले टिमले कभर गीतबाट व्यापार गरेको भन्दै आफूलाई दुर्व्यवहार गरेको उनले बताइन् । मोनिटाइज अफ गरेपछि कुरा मिलिसकेको तर पछि गीतका टिममध्येका एकले आफूलाई नचिनेको भन्दै गाली गरेको उनले बताइन् । ‘एकजनाले नचिनेको भन्दै मलाई झण्डै कुटेन, शुरुमा उहाँले मलाई तिमी एलिना हैन? भनेर प्रश्न गर्नुभयो,’ एलिनाले भनिन्, ‘मैले चिनिन भन्दा रिसाउनुभयो, मैले उहाँको अनुहार चिनेकी थिइन् तर नाम थाहा थियो, उहाँले स्टुडियोमा आएर कुट्ला झैँ गरेर मलाई दुव्यर्वहार गर्नुभयो ।’

‘जसको गीत गाएर हिट भयौ, उसलाई चिन्दिनौ, केटा भएको भए दुई गाला हान्थेँ भन्दै हकार्नुभयो,’ एलिनाले गुनासो गरिन् । उनले टिमका ती व्यक्तिले आफूलाई रातिसमेत फोन गरेर टर्चर गरेको बताइन् । पछि भने ती व्यक्तिले अर्काको काँध चढेर कोही माथि नजाने र आफ्नै गीत गाउनुपर्ने सुझाव दिएको बताइन् ।

एलिनाले अब छिट्टै नयाँ नयाँ गीत बजारमा ल्याउने तयारी गरेको बताइन् । भनिन्, ‘अब आफ्नै नयाँ गीत बजारमा आउँदैछ, फ्यानलाई प्रतीक्षा गर्न आग्रह छ ।’

एलिना चौहानले स्वर दिएको गीत ‘तिम्रो मायाले बाँधेर राख’ दर्शकले खुबै रुचाएका थिए । यो गीत हिट भए पनि अहिले भने गीत युट्युबमा उपलब्ध छैन । अहिले युट्युबमा अस्मिता अधिकारीले गाएको गीत सुन्न सकिन्छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ६ : ५४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा