अमेरिकाले भारतलाई दिँदै आएको कर छुट सुविधा हटाउने « Khabarhub

अमेरिकाले भारतलाई दिँदै आएको कर छुट सुविधा हटाउने


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले भारतीय सामान आयातमा दिँदै आएको कर छुट सुविधा जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्स (जीएसपी) बाट हटाउने भएको छ ।
भारतले अमेरिकी सामान आयातमा आफ्नो बराबरको हिस्सा उपलब्ध गराउने विषयमा विश्वास दिलाउन नसकेको भन्दै अमेरिकाले त्यसको प्रतिवाद स्वरुप जीएसपीबाट हटाउने निर्णय लिएको हो ।

भारतले आफ्ना सामान निर्यातमा अमेरिकाबाट पाउँदै आएको कर छुट यही जुन ५ देखि हट्ने भएको छ । अमेरिकाको यो निर्णयसँगै भारतले पाउँदै आएको करोडौँ रुपैयाँ छुटको सुविधाबाट वञ्जित हुनेछ । भारतले यस सुविधाअन्तर्गत दुई हजार उत्पादन अमेरिका निर्यात गर्दै आएको छ ।

सन् २०१७ मा भारतले यस सुविधामार्फत ठूलो आर्थिक लाभ प्राप्त गरेको थियो । यस सुविधामार्फत भारतले अमेरिकामा पाँच दशमलब ७ अर्ब डलरको आयात शुल्कमा छुट पाएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ७ : २० बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल