सिरियामा इजरायली सैन्य आक्रमण, दश जना मारिए « Khabarhub

सिरियामा इजरायली सैन्य आक्रमण, दश जना मारिए


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेरुत– इजरायलले सिरियामा आइतबार गरेको हवाई आक्रमणमा दश जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार मारिएकाहरुमा सिरियाली सेना र विदेशी लडाकूहरु रहेका छन् ।

सिरियाबाट इजरायली अधीनस्थ गोलान हाइट्सको माउन्ट हर्मनमा रकेट आक्रमण गरेपछि इजरायलले हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ । सेनाले जारी गरेको विज्ञप्तिमा इजरायलले सिरियाका दुईवटा सैनिक अखाडा, गुप्तचर पोस्ट र एसए–२ हवाई प्रतिरक्षा अखाडामा आक्रमण गरेको जनाइएको छ ।

बेलायतस्थित एक युद्ध अनुगमनकर्ता निकायका अनुसार सिरियाको राजधानी दमास्कस नजिक हवाई आक्रमण गरिएको र त्यहाँ सिरियाली सैनिक, इरानी सैन्य तथा हेजबुल्लाह लडाकूहरु रहेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफूले हवाई आक्रमण गर्न आदेश दिएको बताएका छन् ।

उनले आफ्नो भूमिभित्र कसैले आक्रमण गरे त्यो सह्य हुन नसक्ने बताउँदै इजरायलभित्र कसैले आक्रमण गरे त्यसको डटेर प्रत्याक्रमण गर्ने स्पष्ट पारेका छन् । इजरायलले सिरियामा सयौं हवाई आक्रमण गरेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ७ : ४६ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध