आज सूर्यग्रहण लाग्दै, ग्रहणको समयमा के गर्ने के नगर्ने ? | Khabarhub Khabarhub

आज सूर्यग्रहण लाग्दै, ग्रहणको समयमा के गर्ने के नगर्ने ?


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मंगलरबार सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण रातिको समयमा लाग्ने भएका कारण नेपाल र दक्षिण एसियाली राष्ट्रबाट देखिने छैन । प्रशान्त महासागर र दक्षिण अमेरिकाबाट देखिनेछ । यो सूर्यग्रहण सवैभन्दा धेरै समय चार मिनेट ३३ सेकेण्डसम्म रहने सम्भावना रहेको जनाइएको छ ।

सूर्य ग्रहण चिली र अर्जेंटीनाको केही भाग र दक्षिण प्रशांत क्षेत्रबाट समेत देखिने छ । दक्षिण अमेरिकाका केहि देशबाट आंशिक ग्रहण दिखिनेछ ।

ज्योतिष मान्यताका अनुसार ग्रहणको समयमा मानिसले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस्तोमा यो समयमा केही काम गर्न वर्जित गर्नुपर्ने ज्योतिष शास्त्रीहरु बताउँछन् । ग्रहणको प्रत्यक्ष प्रभावमा राशिमा पर्ने गरेको ज्योतिषीहरुको दाबी छ । त्यसकारण राशिअनुसार मानिसहरुले चन्द्र अथाव सूर्य कुनै पनि ग्रहण हेर्न नहुने बताइन्छ । सूर्य ग्रहणको समयमा विशेषगरी गर्भवती महिलाले विशेष ध्यान दिनुपर्ने उनीहरु बताउँछन् । ग्रहणअघि सुतक लागेपछि विभिन्न कुरामा ध्यान दिनु जरुरी हुन्छ । जुन निम्न छन् ।

ग्रहणको समयमा के गर्ने, के नगर्ने ?

चन्द्रग्रहण या सूर्यग्रहणमा पूजा पाठ गर्न जरुरी छ । यसका लागि घरलाई शुद्ध पार्नु पर्छ । यस्तो बेलामा चक्कु, कैची, सियो धागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । ग्रहणको समयमा घरबाट बाहिर ननिस्कुनहोस् ।

ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा यौन सम्बन्ध राख्न नहुने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् ।

ग्रहणको समयमा भोजन पनि गर्नु हुँदैन । कि ग्रहण अगावै खाना खानुहोस् अन्यथा ग्रहण पश्चात मात्र खाना खानुपर्छ भन्ने मान्यता राखिन्छ ।  ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।

ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पूजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ । ग्रहण समयमा पूजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पूजा पाठ बन्द गर्नुपर्छ । ग्रहणको समयमा केही मन्त्रको भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ ।

ग्रहणको समयमा गर्भवती महिलाले घरबाहिर निस्कन नहुने शास्त्रमा उल्लेख छ । गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ ।

ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो मानिन्छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ७ : ४२ बजे

बेलायतमा शाही स्वागतपछि ट्रम्प–स्टार्मर भेट

लन्डन- शाही स्वागतपछि अब राजनीति केन्द्रमा आएको छ । अमेरिकी

एनआईसी एशियाबाट बाहिरिए सीईओ न्यौपाने

काठमाडौँ– एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले

चुनौतीभित्र अवसर पनि छ : महान्यायाधिवक्ता भण्डारी

काठमाडौं– नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी बराल कानुन

अर्थतन्त्रको विकासका लागि कानुनी स्पष्टता जरुरी : गभर्नर

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रको विकासमा

जेन-जी आन्दोलनमा घुसपैठ गरी ऐतिहासिक धरोहरमा आगजनी गर्ने काम भयो : कांग्रेस नेता सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेन-जी आन्दोलनमा घुसपैठ गरी