पर्वतमा बाँदरको आतंक– बारीको मकै खाएपछि घरमा गएर आक्रमण ! « Khabarhub

पर्वतमा बाँदरको आतंक– बारीको मकै खाएपछि घरमा गएर आक्रमण !


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– बारीमा लगाएको मकै, तरकारी र फलफूलमा समेत बाँदरले क्षति पु¥याएपछि पर्वतको विहादी गाउँपालिकाका हैरान बनेका छन् ।

बाँदरले मकैसँगै बारीमा लगाएको तरकारी र फलफूल समेत सखाप पारेको किसानले गुनासो गरेका छन् ।

‘खेतबारीमा लगाइएको खेतीबाली सबै बाँदरले सखाप पा¥यो,’ विहादी गाउँपालिका– सिङसियाकी रन्नता पाठकले रासससँग भनेकी छन् । पाठकका अनुसार बाँदरमा घर घरमा छिरेर बच्चा र बृद्ध–बृद्धामाथि समेत आक्रमण गर्न थालेको छ ।

बाँदरको आतंककै कारण ५ रोपनी जमीनमा लगाइएको तरकारी र फलफूल खेतीसमेत गर्न छाड्नुपरेको पाठकले सुनाइन् । ‘पकाएको खाना र भाँडासमेत बाँदरले बोकेर लैजान थालेको छ । बाँदरको आतंकका कारण यहाँका मानिसहरुले अन्तै बसाइँसराइ गर्न थालेका छन्,’ पाठकले भनिन् ।
विहादी गाउँपालिका– ५ उरामका एकनारायण काफ्ले ३ रोपनीमा लगाइएको तरकारी खेती र २२ रोपनी जमीनमा लगाइएको मकै बाँदरले सखाप पारेपछि अहिले सबै बाँझो बनेको बताउँछन् ।

गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसालका अनुसार गाउँपालिका भरि लगाइएकोमध्ये ३३ प्रतिशत मकै बाँदरले खाइसकेको बताउँछन् ।

यसलाई मार्न कानूनी रुपमा बन्देज भए पनि अधिकांश किसानबाट सोही उपाय अपनाएर भए पनि समस्याको समाधान गर्नुपर्ने माग आउने गरेको उनले सुनाए ।

गाउँपालिका परिषद्बाट बाँदर नियन्त्रणका लागि केही बजेट विनियोजन गरिएको पनि उनले बताए । यद्यपि बाँदरलाई नियन्त्रणमा लिने नयाँ प्रविधिबारे छलफल भइरहेको अध्यक्ष भुसालको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ११ : १६ बजे

पहिरोले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित

काठमाडौँ– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात

जिल्ला अदालत काठमाडौँमा १९ हजार बढी मुद्दा फैसला

काठमाडौँ– जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष (आव) २०८२÷८३ मा १९

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

राजश्व कार्यालय तुलसीपुरबाट चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

दाङ– आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष (आव)२०८२–८३ मा

झापा र पूर्वी पहाडी जिल्लामा १४ किलोमिटर बढी तटबन्ध निर्माण

झापा– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले आर्थिक वर्ष २०८२–८३