पर्वतमा बाँदरको आतंक– बारीको मकै खाएपछि घरमा गएर आक्रमण ! « Khabarhub

पर्वतमा बाँदरको आतंक– बारीको मकै खाएपछि घरमा गएर आक्रमण !


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– बारीमा लगाएको मकै, तरकारी र फलफूलमा समेत बाँदरले क्षति पु¥याएपछि पर्वतको विहादी गाउँपालिकाका हैरान बनेका छन् ।

बाँदरले मकैसँगै बारीमा लगाएको तरकारी र फलफूल समेत सखाप पारेको किसानले गुनासो गरेका छन् ।

‘खेतबारीमा लगाइएको खेतीबाली सबै बाँदरले सखाप पा¥यो,’ विहादी गाउँपालिका– सिङसियाकी रन्नता पाठकले रासससँग भनेकी छन् । पाठकका अनुसार बाँदरमा घर घरमा छिरेर बच्चा र बृद्ध–बृद्धामाथि समेत आक्रमण गर्न थालेको छ ।

बाँदरको आतंककै कारण ५ रोपनी जमीनमा लगाइएको तरकारी र फलफूल खेतीसमेत गर्न छाड्नुपरेको पाठकले सुनाइन् । ‘पकाएको खाना र भाँडासमेत बाँदरले बोकेर लैजान थालेको छ । बाँदरको आतंकका कारण यहाँका मानिसहरुले अन्तै बसाइँसराइ गर्न थालेका छन्,’ पाठकले भनिन् ।
विहादी गाउँपालिका– ५ उरामका एकनारायण काफ्ले ३ रोपनीमा लगाइएको तरकारी खेती र २२ रोपनी जमीनमा लगाइएको मकै बाँदरले सखाप पारेपछि अहिले सबै बाँझो बनेको बताउँछन् ।

गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसालका अनुसार गाउँपालिका भरि लगाइएकोमध्ये ३३ प्रतिशत मकै बाँदरले खाइसकेको बताउँछन् ।

यसलाई मार्न कानूनी रुपमा बन्देज भए पनि अधिकांश किसानबाट सोही उपाय अपनाएर भए पनि समस्याको समाधान गर्नुपर्ने माग आउने गरेको उनले सुनाए ।

गाउँपालिका परिषद्बाट बाँदर नियन्त्रणका लागि केही बजेट विनियोजन गरिएको पनि उनले बताए । यद्यपि बाँदरलाई नियन्त्रणमा लिने नयाँ प्रविधिबारे छलफल भइरहेको अध्यक्ष भुसालको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ११ : १६ बजे

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक

चीनबाट दोस्रो चरणको राहत सामग्रीसँगै आइपुग्यो डीएनए परीक्षण विज्ञ टोली

काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको