हुथी विद्रोहीद्वारा साउदी अरेबियाको विमानस्थलमा आक्रमण « Khabarhub

हुथी विद्रोहीद्वारा साउदी अरेबियाको विमानस्थलमा आक्रमण


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद– साउदी अरेबिया सरकारले आफ्नो अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले आक्रमण गरेको जनाएको छ । उक्त आक्रमणबाट ९ जना सर्वसाधारण घाइते भएका जनाइएको छ ।

यमनका विद्रोही विरुद्ध संघर्षरत साउदी गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल मलिकीले घाइतेमध्ये ८ जना साउदी नागरिक रहेको जानकारी दिए । अर्का घाइते व्यक्ति भारतीय नागरिक रहेका जनाइएको छ ।

प्रवक्ता मलिकीका अनुसार घाइतेहरु सबैलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

यो विमानस्थलमाथि हुथी विद्रोहीहरुले पटकपटक आक्रमण गर्ने गरेका छन् । गत महिना भएको यस्तै आक्रमणमा एक जना सिरियाली नागरिकको ज्यान गएको थियो भने अरु ७ जना घाइते भएका थिए ।

प्रवक्ता अल मलिकीले अन्तर्राष्ट्रिय मानवीय कानुन बमोजिम सुरक्षित गरिएका निहत्था नागरिकमाथि नै हुथी विद्रोहीले आक्रमण गरिरहेको उल्ले गर्दै नागरिक र उनीहरुको सम्पत्ति सुरक्षाका लागि गठबन्धनले हुथी विद्रोहीविरुद्ध जस्तोसुकै कारबाही गर्न सक्ने चेतावनी दिए ।

पछिल्ला दिनहरुमा साउदी अरेबियाका दक्षिणी क्षेत्रमा रहेका विमानस्थलहरुमा हुथी विद्रोहीहरुले मानवविहीन बिमान (ड्रोन) बाट आक्रमण गरिरहेका छन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १ : ५४ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते