हुथी विद्रोहीद्वारा साउदी अरेबियाको विमानस्थलमा आक्रमण « Khabarhub

हुथी विद्रोहीद्वारा साउदी अरेबियाको विमानस्थलमा आक्रमण


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद– साउदी अरेबिया सरकारले आफ्नो अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले आक्रमण गरेको जनाएको छ । उक्त आक्रमणबाट ९ जना सर्वसाधारण घाइते भएका जनाइएको छ ।

यमनका विद्रोही विरुद्ध संघर्षरत साउदी गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल मलिकीले घाइतेमध्ये ८ जना साउदी नागरिक रहेको जानकारी दिए । अर्का घाइते व्यक्ति भारतीय नागरिक रहेका जनाइएको छ ।

प्रवक्ता मलिकीका अनुसार घाइतेहरु सबैलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

यो विमानस्थलमाथि हुथी विद्रोहीहरुले पटकपटक आक्रमण गर्ने गरेका छन् । गत महिना भएको यस्तै आक्रमणमा एक जना सिरियाली नागरिकको ज्यान गएको थियो भने अरु ७ जना घाइते भएका थिए ।

प्रवक्ता अल मलिकीले अन्तर्राष्ट्रिय मानवीय कानुन बमोजिम सुरक्षित गरिएका निहत्था नागरिकमाथि नै हुथी विद्रोहीले आक्रमण गरिरहेको उल्ले गर्दै नागरिक र उनीहरुको सम्पत्ति सुरक्षाका लागि गठबन्धनले हुथी विद्रोहीविरुद्ध जस्तोसुकै कारबाही गर्न सक्ने चेतावनी दिए ।

पछिल्ला दिनहरुमा साउदी अरेबियाका दक्षिणी क्षेत्रमा रहेका विमानस्थलहरुमा हुथी विद्रोहीहरुले मानवविहीन बिमान (ड्रोन) बाट आक्रमण गरिरहेका छन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १ : ५४ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई