इटालीको यस्तो शहर, जहाँ घरजग्गा किन्दा पैसा लाग्दैन उल्टै पाइन्छ पुरस्कार ! « Khabarhub

इटालीको यस्तो शहर, जहाँ घरजग्गा किन्दा पैसा लाग्दैन उल्टै पाइन्छ पुरस्कार !


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संसारमा विचित्रका समाचारहरु सार्वजनिक भइरहेका हुन्छन् । हालै एउटा यस्तै पत्याउन मुस्किल लाग्ने समाचार सार्वजनिक भएको छ ।

जहाँ जग्गा जमिन खरिद गर्दा पैसा लाग्दैन उल्टै सरकारबाट पुरस्कार पाइन्छ । त्यसो त मानिसहरु घरजग्गा किन्न कराडौं रुपैयाँ खर्च गर्छन् । तर, इटालीको एउटा सहर छ जहाँ घरजग्गा किन्दा पैसा तिर्नु पर्दैन । उल्टै सरकारले नै पुरस्कार स्वरुप पैसा दिन्छ ।

इटालीको केन्डेला सहरका मेयरले घरजग्गा किन्दा ग्राहकले पैसा तिर्नुको साटो उल्टै सरकारले नै पुरस्कार स्वरुप पैसा दिने घोषणा गरेका हुन् । यो सहरमा बस्नका लागि घर खरिद गर्ने जो कोहीलाई सरकारले सित्तैमा घर उपलब्ध गराउने मात्र होइन, उल्टै २ हजार युरो पुरस्कार समेत दिन्छ ।

यस्तो अफर केवल इटालियनका लागि मात्र होइन विदेशीहरुले समेत त्यहाँ घर किन्न पाउनेछन् । जागिर र राम्रो जीवनको खोजीमा बसाईसराई गर्दै शहर बासीहरु बाहिर जाने क्रम बढेर सहर रित्तिन थाले पछि स्थानीय सरकारले यस्तो अफर ल्याएको हो ।

गाउँमा अहिले केवल बृद्धहरु मात्र रहेकाले उनीहरुको मृत्युपछि सहर नै खाली हुने अवस्था आएको छ । सिएनएनका अनुसार सन् १९९० को दशकसम्म त्यहाँको जनसंख्या ८ हजार रहेकोमा अहिले घटेर २७ सयमा झरेको छ ।

यो अवस्थाबाट चिन्तित मेयर गाउँमा युवा परिवारहरु आएर घरजम गरुन् र जनसंख्या बढोस् भन्ने चाहन्छन् । सित्तैमा पुरस्कार सहित घर किनेर यहाँ आएर बस्ने व्यक्तिले सहरमै व्यवसाय तथा रोजगारी दिनुपर्नेछ र, व्यवसायका लागि सरकारले सहयोग समेत गर्नेछ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ८ : ३७ बजे

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच

शिक्षकको तलब भत्ताबारे अफवाह फैलाइयो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन