आइफोनको पैसा तिरेर अनलाइन सपिङ गर्दा घर आइपुग्यो साबुन ! « Khabarhub

आइफोनको पैसा तिरेर अनलाइन सपिङ गर्दा घर आइपुग्यो साबुन !


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय अनलाइन सपिङले राम्रो बजार पाएको छ । व्यस्त जीवनशैलीका कारण मानिसले अनलाईन अर्डर गरेर सामान मगाउने गरेका छन् । त्यतिमात्र होइन बजारमा हुने भीडभाडबाट बच्नका लागि पनि यो उपाय राम्रो देखिएको छ । तपाईले पनि बेलाबेलामा अनलाइन सपिङ गर्ने गर्नु भएको होला ? विचार गर्नुस् ५५ हजार तिरेर आइफोन अर्डर गर्दा घरमा साबुन आइपुगेको यो घटना जस्तै हुन पुग्ला !

घरमै बसेर अर्डर गर्दा सामान आउने भएपछि गमी, धुवाँ धुलो सहेर बजार जान पनि परेन । तर कहिलेकाही यस्तो अर्डरले समस्या पनि निम्त्याउने गरेको छ ।

एक जना व्यक्तिले घरमै बसेर अनलाइनमार्फत आइफोन अर्डर गरेका थिए । तर उनको घरमा आइफोनको सट्टा लुगाधुने साबुन आइपुग्यो । तर उनले उक्त साबुनको पैसा भने आइफोनकै मूल्यबराबर तिरे ।

सुन्दा तपाई अचम्ममा पर्नुभयो होला तर यो समाचार नेपालको भने होइन । यो घटना छिमेकी मुलुक भारतको हो जहाँ एक जना व्यक्तिले अनलाइन सपिङ मार्फत आइफोन मगाएका थिए । घरमा सामान पनि आयो र उनले पैसा पनि तिरे । ५५ हजार रुपैयाँ अनलाईनमार्फत तिरेका उनको आइफोन एकाएक साबुनमा परिणत भयो ।

भारतका २६ वर्षीय एक सफ्टवेयर इन्जिनियरले अनलाइन शपिङ साइट फ्लिपकार्ट मार्फत् आइफोन(८ अर्डर गरेका थिए । त्यसको लागि पैसा पनि अनलाइनमार्फत् नै भुक्तानी गरे । तर, घरमा आइदियो आइफोनको सट्टा लुगा धुने साबुन ।

आइफोन खरिद गर्ने तबरेज मेहबुब नाग्रलीका अनुसार उनले आईफोन ८ को लागि ५५ हजार रुपैयाँ अनलाइनमार्फत् नै भुक्तानी गरेका थिए । तर घरमा भने लुगा धुने साबुन डेलिभरी भएको दाबी उनको थियो । यो केही समय अघि अर्थात जनवरीको घटना हो ।

उनले आफूलाई ठगेको भन्दै फ्लिपकार्टविरुद्ध मुम्बईको बिकुला प्रहरीमा उजुरी दिएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १२ : ५० बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच