भालुको छाला, पित्त र दाँतसहित ३ जना पक्राउ | Khabarhub Khabarhub

भालुको छाला, पित्त र दाँतसहित ३ जना पक्राउ


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– भालुको छाला, पित्त र दाँतसहित रुपेन्देहीको सैनामैना नगरपालिका–१० सालझण्डीबाट ३ जना पक्राउ परेका छन् ।

सैनामैना नगरपालिका–१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान, र दाँत २ थानसहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–२ घर भएका ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पालको रैनादेवी गाउँपालिका–७ का ४३ वर्षीय धनबिर विक र पाल्पाको तिनाउँ गाउपालिक्ँ–१ घर भएका ४३ वर्षी लालबहादुर सारु छन् ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले उक्त होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा ३ जनालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १ : ३१ बजे

जंगीअड्डा अगाडि जेन-जीको नाराबाजी, माइकिङ गर्दै सेना (तस्बिरहरू

काठमाडौँ- सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने रस्साकस्सी चलिरहेका बेला

झापाबाट ९२ जना थुनुवा फरार

झापा– ‘जेन-जी’ प्रदर्शनका क्रममा झापाका विभिन्न इलाका प्रहरी कार्यालयको हिरासतबाट

पोखरामा आज साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज बिहान ११

जेन-जी दाबी गर्दै विभिन्न समूहबीच जङ्गीअड्डा अगाडि आज पनि विवाद

काठमाडौँ – आफूलाई जेन-जी पुस्ता दाबी गरेका विभिन्न समूहले सैनिक

नख्खुबाट रवि निस्किएसँगै विभिन्न जेलबाट भागेका १६७ जना कैदी समातिए

काठमाडौँ- देशका विभिन्न कारागारबाट भागेका डेढ सय कैदी सिन्धुलीबाट पक्राउ