जंगीअड्डा अगाडि जेन-जीको नाराबाजी, माइकिङ गर्दै सेना (तस्बिरहरू) « Khabarhub

जंगीअड्डा अगाडि जेन-जीको नाराबाजी, माइकिङ गर्दै सेना (तस्बिरहरू)


२६ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने रस्साकस्सी चलिरहेका बेला नेपाली सैनिकको मुख्यालय जंगी अड्डा क्षेत्रमा जेन-जी र सञ्चारकर्मीको ठूलो भिड लागेको छ।

सेनाको मुख्य गेटबाहिर सयौँ जेन-जी तथा नेपाली र भारतीय सञ्चारमाध्यमका पत्रकार जम्मा भएका छन् ।

अहिले जेन-जीले ७३ वर्षकी सुशीला कार्कीलाई स्वीकार्न नसकिने भन्दै नाराबाजी गरिरहेका छन् ।

अर्कातिर नेपाली सञ्चारकर्मीले भारतीय सञ्चारकर्मीविरुद्ध पनि नाराबाजी गरेका छन् । जेन-जीले युवा पुस्ताबाटै प्रधानमन्त्री चाहिने जिकिरसहित चर्को नाराबाजी र वादविवाद गरिरहेका छन् ।

जेन-जी र पत्रकारको ठूलो भिड जम्मा भएपछि बुधबार रातिकै शैलीमा अहिले पनि सेनाले माइकिङ गरिरहेको छ ।

ठूलो भिड जम्मा भएपछि सैनिक मुख्यालय वरिपरि सेनाले कडाइ गरेको छ । केही युवाले सुशीला कार्की मान्दैनौँ नाराबाजी र विरोधसमेत गर्दैछन् ।

त्यसपछि सेनाले अनावश्यक भिड नगर्न भन्दै मुख्यालयको गेट परिसर र धरहरा अगाडि भेला भएकाहरूलाई माइकिङ गरेर हटाउने काम गरिरहेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  १२ : ०७ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।