नख्खुबाट रवि निस्किएसँगै विभिन्न जेलबाट भागेका १६७ जना कैदी समातिए « Khabarhub

नख्खुबाट रवि निस्किएसँगै विभिन्न जेलबाट भागेका १६७ जना कैदी समातिए


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न कारागारबाट भागेका डेढ सय कैदी सिन्धुलीबाट पक्राउ परेका छन् ।

काठमाडौँका नख्खु र सुन्धारा कारागारसहित विभिन्न जिल्लाबाट मंगलबार र बुधबार भागेका कैदीहरूलाई नेपाली सेना र नेपाल प्रहरीले सिन्धुलीका विभ्रिन्न स्थानबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अहिलेसम्म १६७ कैदीलाई नियन्त्रणमा लिइएको छ । स्थानीयबासीको सहयोगमा थप कैदीहरूको खोजी भइरहेको छ । 

मंगलबार जेन-जीका नाममा चलेको विनाश मच्चाउने गरी चलेको आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सयौँ कैदीहरु नख्खु कारागारबाट निस्किएका थिए ।

नख्खुबाट निस्किएका कैदीहरूले मंगलबार नै राति सुन्धारा कारागारमा आगो लगाएका थिए । नख्खुबाट पनि ठूलो संख्यामा कैदीहरू भागेका छन् । अहिले प्रहरीले भागेका कैदीबारेमा आफ्नो घर, समाज वरपर देखिएमा खबर गर्न आग्रह गरेको छ ।

उता नख्खुबाट छुटेका लामिछानेले भने गृहसचिवले राजनीतिक प्रतिशोध भएको पत्र दिएको भन्दै बाहिर निस्किएको जिकिर गरिरहेका छन् ।

देशको अन्तिम अदालतले मुद्दाको अन्तिम टुंगो नगरेकै अवस्थामा गृहसचिवबाट छुट्ने पत्र दिएको जिकिर गरे पनि उनलाई जेन-जी अभियन्ताले फेरि नख्खु फर्किन अहिले दबाब बढाइरहेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ११ : ४८ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्