जुम्राको विषयले नख्खु कारागारका कैदीबन्दीबीच झडप, १ जनाको मृत्यु « Khabarhub

जुम्राको विषयले नख्खु कारागारका कैदीबन्दीबीच झडप, १ जनाको मृत्यु


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नख्खु कारागारमा कैदीबन्दीबीच झडप भएको छ । झडपमा एक कैदीको मृत्यु भएको छ ।

आज (शुक्रबार) १२ बजेपछिको समयमा भएको झडपमा परी कैदी पूर्णबहादुर राजीको मृत्यु भएको हो ।

कारागार सुरक्षा कार्यालय नख्खुका अनुसार कोमलकुमार महतोले पूर्णबहादुर राजीलाई आक्रमण गरेका थिए । महतोले सिमेन्टको ब्लकले हानेका थिए । पूर्णबहादुरको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

आक्रमण गर्ने दुवै कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी हुन् । अहिले घटनास्थलमा पुगेको टोलीले घटनाका बारेमा अनुसन्धान गरिरहेको छ । आक्रमण गर्नेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कारागार सुरक्षा कार्यालय नख्खुका एक अधिकारीका अनुसार दुवैजनाबीच यसअघि विवाद थिएन । झडपमा ज्यान गुमाएका राजी मानसिक रुपमा केही अस्वस्थ थिए ।

शुक्रबार विहानको खाना खाइसकेपछि दुवैजना सँगै बसिरहेका थिए ।

‘घटना हुनु अगाडिसम्म कोमलले पूर्णबहादुरको टाउकोको जुम्रा हेरिरहेका थिए भन्ने बुझिएको छ,’ कारागार सुरक्षा कार्यालयका एक प्रहरी कर्मचारीले खबरहबसँग भने, ‘पछि सामान्य विवाद हुँदा कोममले सिमेन्टको ब्लकले पूर्णबहादुरको टाउकोमा हिर्काएका रहेछन् । सिमेन्टको ब्लकले लागेर उनको मृत्यु भएको छ ।’

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  २ : १८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको