आर्यनले गरे ‘मेरो एउटा साथी छ’ सँग ‘कबीर सिंह’ को तुलना, भने- अफर आयो भने गर्छु « Khabarhub

आर्यनले गरे ‘मेरो एउटा साथी छ’ सँग ‘कबीर सिंह’ को तुलना, भने- अफर आयो भने गर्छु


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रायः लभस्टोरी फिल्ममा जम्ने अभिनेता आर्यन सिग्देल चलचित्र ‘हजार जुनीसम्म’ मार्फत दर्शकमाझ आउँदैछन् । उनी यसअघि ‘कायरा’ मा लभर ब्यायकै रुपमा देखिएका थिए । फिल्म खासै चलेन । अहिले भने उनी चलचित्र ‘हजार जुनीसम्म’ बाट धेरै नै आशावादी छन् ।

यतिबेला प्रचारमा खुलेर लागेका आर्यनको केन्द्रीय भूमिका छ फिल्ममा ।

प्रचारका क्रममा राजधानीमा गरिएको एक पत्रकार सम्मेलनमा भेटिएका अभिनेता आर्यनलाई पत्रकारले सोधे, ‘नेपालमा निर्माण गरिने भनिएको फिल्म ‘कबीर सिंह’ को रिमेकमा तपाईंलाई अफर आएको भन्ने सुनिन्छ नि?’

यसको जवाफमा आर्यनले आफूलाई यो फिल्ममा अफर नआएको तर यस्तो भूमिकाले सधै लोभ्याउने गरेको बताए । उनले यो भूमिकामा जुनै कलाकारले पनि अभिनय गर्दा उचित हुने धारणा राखे ।

‘मलाई फिल्मबाट अफर आएको छैन, मैले पहिले अभिनय गरेको फिल्म ‘मेरो एउटा साथी छ’ पनि मेरो यस्तै भूमिका थियो, मलाई यस्तो भूमिकामा काम गर्दा रमाइलो लाग्छ,’ उनले भने ।

केही समयदेखि नेपालीमा ‘कबीर सिंह’ को रिमेक बन्ने चर्चा थियो । फिल्ममा अभिनयको अफर ‘शुभ लभ’ का अभिनेता हरिहर शर्मालाई पनि गरिएको चर्चा पनि चलेको थियो । त्यसो त यो फिल्म बन्ने या नबन्ने भन्नेमा नै औपचारिक रुपमा खबर बाहिर आएको छैन ।

‘हजार जुनीसम्म’ को कुरा गर्नुपर्दा यो फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, अनुभव रेग्मी, प्रियंका कार्की, सञ्चिता लुइँटेल, अखिलेस प्रधान लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । फिल्मको ट्रेलर केही समयअघि रिलिज भएको थियो । ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको छ ।

विकास राज आचार्यले निर्देशन गरेको यो फिल्म साउन ३० देखि नेपालभर प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ४ : ०१ बजे

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र