४१ रोपनी जग्गामा बाल अस्पताल बनाउँदै ‘भगवान’ « Khabarhub

४१ रोपनी जग्गामा बाल अस्पताल बनाउँदै ‘भगवान’


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर भगवान कोइराला यतिबेला बाल अस्पताल खोल्ने अभियानमा जुटेका छन् ।

लामो समयदेखि मुटुरोग विशेषज्ञको रुपमा कार्यरत डा कोइरालाले बालस्वास्थ्यको अवस्था र सुधारमा योगदान दिन आफूले बाल अस्पताल सञ्चालन गर्न लागेको खबरहबसँग बताए ।

‘म मुटुको डाक्टर हो, तर मुटुरोगको उपचारले मात्रै बाल स्वास्थ्यमा सुधार ल्याउन सक्दैन, मलाई पछिसम्म पनि सामुदायिक सेवामै काम गर्ने रहर छ,’ डा. कोइरालाले खबरहबसँग भने, ‘त्यसैले हामीले गैरनाफामूलक संस्था मार्फत बाल अस्पताल खोल्न एउटा समूह गठन गरेका छौं ।’
डा कोइराला नेतृत्वको समूहले बाल अस्पताल निर्माणको योजना धेरै अघिदेखि बनाएको थियो ।

अस्पताल सञ्चालनका लागि सरकारले भाडामा जग्गा उपलब्ध गराएपछि भने डा कोइरालको टिम अहिले अस्पताल भवन निर्माण तथा उपकरण खरिदका लागि रकम संकलनमा लागिरेहका छन् ।

डा. कोइराला नेतृत्वलाई बाल अस्पताल सञ्चालनका लागि सरकारले ४१ रोपनी जग्गा भाडामा दिने निर्णयसमेत गरिसकेको छ ।
डा कोइरालाको नेतृत्वमा सञ्चालन हुन लागेको काठमाडौं इन्स्टिुच्यु अफ हेल्थलाई सरकारले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा रहेको ४१ रोपनी सरकारी जग्गा भाडामा दिन लागिएको हो ।

किन खोल्दैछन् बाल अस्पताल ?

नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक २५ मध्ये १ जना शिशुको पाँचवर्ष नपुग्दै मृत्यु हुन्छ । बाल मृत्युदर सन् १९९६ देखि निरन्तर घट्दै गएको छ । हाल शिशु मृत्युदर प्रति हजार जीवित जन्ममा ३२ जनाको मृत्यु हुने सरकारी तथ्यांक छ ।
बाल स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको भएपनि बाल मृत्युदर अझै कायमै रहेको डा कोइरालाको भनाइ छ ।

बाल मृत्युदरको मुख्य कारण संक्रमणजन्य रोगहरु बढी रहेको डा. कोइराला बताउँछन् । यस्तै बालबालिकाहरुमा जन्मजात रोग, नसर्ने तथा सर्ने रोगहरु बढी देखिन थालेकाले आफूले बालबालिकाको स्वास्थ्य अधिकारका लागि बाल अस्पताल संचालन गर्न लागेको उनले बताए ।

‘हामी पनि यही देशका नागरिक हौं, राम्रो कामको शुरुवात हामी आफैले पनि गर्नुपर्छ भनेर हामीले बाल अस्पताल खोल्न लागेका हौं,’ डा कोइरालाले भने, ‘बाल रोगको उपचारको क्षेत्रमा विशिष्टिकृत सेवाहरुको कमी छ, त्यो विशिष्टिकृत सेवा दिने भनेर हामीले बाल अस्पताल खोल्न लागेका छौं, हामीले गर्न लागेको यो प्रयासले बाल स्वास्थ्यमा केहीहदसम्म सुधार आउँछ भन्ने हाम्रो अपेक्षा हो ।’

डा कोइराला नेतृत्वको सात जनाको समूहले संचालन गर्न लागेको बाल अस्पतालमा बाल रोगका विशेषज्ञ सेवाहरु एकै ठाउँमा उपलब्ध हुनेछ ।

‘बाल रोगका उपचारमा पेडियाट्रिक चिकित्सक नै एक प्रकारको विशेषज्ञ सेवा हो तर अब हामीले त्यसलाई मात्रै विशेषज्ञ सेवा भनेर हुँदैन, बालबालिकाको मिर्गौला फेल हुँदा बालबालिकाकै मिर्गौला रोग विशेषज्ञ होस्, प्यारालाइसिस हुँदा बालबालिकाकै न्यूरो चिकित्सकले उपचार गर्नुपर्छ, मुटुरोग लाग्दा यसै क्षेत्रको विशेषज्ञ चाहिन्छ,’ डा कोइरालाले भने,’ एउटै रोगभित्र पनि विभिन्न विशेषज्ञताहरु हुन्छन् त्यसमा पनि बालबालिकाले रोग विशेषज्ञमा पनि बाल रोग विशेषज्ञ भएकै चिकित्सकबाट उपचार गराउनुपर्छ ।’

बाल रोगमा विशिष्टिकृत विशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकहरुलाई तालिममा पठाएर जनशक्ती उत्पादन गर्ने योजना रहेको डा कोइरालाले बताए ।

डा कोइरालाले अबको ३ महिनादेखि ६ महिनाभित्र अस्पताल निर्माणको काम शुरु गर्ने बताए ।

‘सरकारले जग्गा भाडामा उपलब्ध गराइसकेको छ, अबको ३ वा ६ महिनाभित्रमा हामी भवन निर्माणको काम शुरु गर्छौं, बाल रोगमा विशिष्टिकृत सेवा दिन चिकित्सकहरुलाई तालिममा पठाउँछौं,’ उनले भने ।

बालबालिका किन बन्दैछन् रोगी ?

नसर्ने रोगहरु वयस्क व्यक्तिमा हुन्छ भनेर धेरै चर्चा हुने गरेको छ । तर डा कोइराला भने बालबालिकाहरुमा पनि नसर्ने रोगको प्रकोप बढ्दै गएको बताउँछन् ।

वंशाणुगत, वातावारण, खानपान लगायतका विभिन्न कारणले नसर्ने रोग बालबालिकामा बढ्दै गएको उनको भनाइ छ । नेपालमा प्रत्येक वर्ष जन्मिने एकहजार शिशूमध्ये १० देखि १५ जनामा कुनै न कुनै किसिमको मुटुरोग रहेको डा कोइराला बताउँछन् ।

सरकारी बाल अस्पताल किन भएन सुधार ?

बालबालिकाको मात्रै उपचार हुने बाल अस्पताल नेपालमा नभएको होइन । सरकारले नै सञ्चालन गरेको केन्द्रिय बाल अस्पताल ‘कान्ति बाल अस्पताल’ले बिरामीलाई सबै प्रकारका सेवा दिन सकेको छैन । सरकारले नै सञ्चालन गरेको अस्पताल भएपनि कान्ति बाल अस्पतालमा विशिष्टिकृत बाल रोग सेवाहरु प्रभावकारी हुन सकेको छैन ।

अस्पतालले आफूसँग भएको आइसीयू शय्यासमेत पूर्ण सञ्चालन गर्न नसक्दा बालरोगका गम्भिर प्रकृतिका धेरै बिरामीहरु निजी अस्पतालमा रेफर हुन बाध्य हुन्छन् ।

सरकारी बाल अस्पतालको सेवा प्रभाह प्रभावकारी नहुनु सरकारी नियम र राजनैतिक प्रभाव र दवाव रहेको डा कोइराला बताउँछन् ।

‘कतिपय सरकारी अस्पताल राम्रो पनि चलेका छन् तर केही अस्पतालहरुमा समस्या पनि छ, अन्य अस्पतालहरु जस्तै हाम्रा बाल स्वास्थ्य सेवा प्रदान गर्ने सरकारी अस्पतालमा लिमिटेसन देखिन्छ । त्यो केही सरकारी नियम,केही त्यहाको राजनैतिक प्रवाभका कारण समस्या देखिन्छ,’ डा कोइरालाले भने, ‘अस्पताल संचालन गर्न मेसिन उपकरण, चिकित्सक खर्च सबै सरकारले दिने भएपनि अस्पाल सञ्चालन गर्ने समयमा स्वतन्त्रता हुनुपर्छ । तर सरकारीमा केही लिमिटेसन छन्, विसंगती पनि छन् यस्तै कारणले गर्दा सरकारी अस्पताल अस्तव्यस्त देखिन्छ ।’

डा कोइराला नेतृत्वको समूहले काठमाडौंमा विशिष्टिकृत बालरोग विशेषज्ञ सेवा र प्रत्येक प्रदेशमा जनरल पेडियाट्रिक सेवा उपलब्ध गराउने योजना बनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ४ : १४ बजे

स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं– नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले स्वास्थ्य

प्रधानमन्त्री बालेन्द्रलाई चीनको बधाई, सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौं- उत्तरी छिमेकी चीन सरकारले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

भारतीय समकक्षी जयशंकरद्वारा खनाललाई बधाई, सहकार्य सुदृढ बनाउने अपेक्षा

काठमाडौं– भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई

नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको

वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने