देशको पहिचानका लागि राष्ट्रिय पोशाक अनिवार्य गरिनुपर्छः नेता नेपाल « Khabarhub

देशको पहिचानका लागि राष्ट्रिय पोशाक अनिवार्य गरिनुपर्छः नेता नेपाल


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पाटी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशको पहिचान अघि बढाउन राष्ट्रिय पोशाकको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

‘हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने मूलनाराका साथ ललितपुरमा राष्ट्रिय पोशाक संरक्षण महाअभियानले शुक्रबार आयोजना भएको ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आमनागरिकको भूमिका विषयक विचार गोष्ठी’मा उनले नेपालमा राष्ट्रिय पोशाक अनिवार्य गराउन पहल गर्ने बताए ।

“हरेक नेपालीले राष्ट्रिय पोशाक लगाउँदा नेपालको शान र मानअघि बढाउन सहयोग गर्दछ”, उनले भने, “नेपाली टोपीले विदेशी मुलुकमा नेपालीको परिचय अघि बढाएको उदाहरण मैले स्वयम् पाएको छु ।” आफू प्रधानमन्त्री भएर विदेशी मुलुकका कार्यक्रममा जाँदा शिरको टोपी देखेर अमेरिकाका पूर्व प्रधानमन्त्री बाराक ओवामाले आफू सामुन्ने आइ अन्य मुलुकका मानिसको विचमा मिस्टर नेपाल भनी हात मिलाउन आउँदा देशको सान बढेकोे नेता नेपालले बताए ।

उनले नेपालका पुरुषका तुलनामा महिलाले राष्ट्रिय पोशाकको सम्मान गर्दै अघि बढेका उल्लेख गरे । नयाँ पुस्ताले आफ्ना पूर्खाबाट हरेक सकारात्मक कुरा सिकी नेपालको पहिचान अघि बढाउन उनले आग्रह गरे । हरेक वर्ष राष्ट्रिय दिवसका दिन प्रत्येक कार्यालय र निकायमा कार्यरत कर्मचारीलाई अनिवार्य राष्ट्रिय पोशाक लगाउन नेता नेपालले आह्वान गरे ।

महाअभियानका अध्यक्ष विवश घिमिरेले नेपाली दौरा सुरुवाल, टोपी र गुन्यू चोलीलाई राष्ट्रिय पोशाकका रुपमा अनिवार्य गर्न माग गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपालका सबै जातजाति भाषाभाषी एकै स्थानमा समेट्न राष्ट्रिय पोशाक सङ्ग्रहालयले सहयोग गर्नेमा जोड दिए । त्यसैगरी वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विभिन्न क्षेत्रमा सरकारले नीति बनाए जसरी नेपालमा राष्ट्रिय पोशाक नीति बनाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ६ : ३३ बजे

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका

‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका  समस्या

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा