‘हजार जुनीसम्म’ बाट स्वस्तिमालाई‍ झनै आश ! « Khabarhub

‘हजार जुनीसम्म’ बाट स्वस्तिमालाई‍ झनै आश !


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’ प्रणय दिवसको अवसर पारेर गत वर्ष  रिलिज भयो । उक्त फिल्ममा उनले गरेको अभिनयको खुबै तारिफ भयो । यही फिल्मबाट स्वस्तिमाले सार्क फिल्म फेस्टिभलमा समेत अवार्ड हात पारिन् । सोही फिल्मले उनलाई नेपालको राष्ट्रिय अवार्ड पनि दिलायो ।

त्यसो त राष्ट्रिय अवार्ड विवादमा नपरेको होइन । यद्यपि ‘बुलबुल’मा स्वस्तिमाले गरेको अभिनयलाई लिएर धेरैले उनी चाहिँ साँच्चिकै अवार्डका लागि दाबेदार भएको समीक्षा समेत गरे ।

अहिले उनी अभिनित फिल्म ‘हजार जुनीसम्म’ को चर्चा छ । यो फिल्मबाट पनि स्वस्तिमाले धेरै आशा गरेकी छिन् । ट्रेलरमा उनको कामले तारिफ पाएको छ । ‘बुलबुल’ पछि स्वस्तिमाको अभिनय मन पराएका धेरैले उनको फिल्मको प्रतीक्षा नगर्ने कुरै भएन । पहिले फिल्ममा अभिनय नखोज्ने दर्शकले पनि अहिले अभिनयको आशा गर्न थालेका छन् ।

स्वस्तिमाको फिल्ममा दर्शकले आशा गर्नु स्वभाविक पनि हो । यो फिल्ममा उनको कस्तो भूमिका रहनेछ भन्नेले त खासै फरक नपार्ला तर फिल्ममार्फत उनले दर्शकमाझ कस्तो क्रेज बनाउनेछिन्, त्यो भने हेर्न बाँकी छ । बुलबुलबाट चर्चा कमाएकी स्वस्तिमाले यो फिल्मबाट कस्तो छाप छाड्लिन् त दर्शकमाझ ?

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ६ : ४३ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी