‘ट्वान्टी फर्स्टलभ: सिजन अफ लभ २’ आउने, यस्तो बन्यो ट्रेलर (भिडियो) « Khabarhub

‘ट्वान्टी फर्स्टलभ: सिजन अफ लभ २’ आउने, यस्तो बन्यो ट्रेलर (भिडियो)


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘ट्वान्टी फर्स्टलभ’ (सिजन अफ लभ टु) को ट्रेलर रिलिज भएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ट्रेलर सार्वजनिक गरियो । युट्युबमा समेत सिजनको ट्रेलर सार्वजनिक गरिएको छ ।

प्रेमकथामा आधारित यो सिरिज आउँदो शनिबारदेखि हरेक हप्ता प्रसारण गरिनेछ ।

यो सिरिज ‘ट्वान्टी फर्स्टलभ’को दोश्रो संस्करण हो । एशियन म्युजिकले निर्माण गरेको यो सिरिजमा किशोर/किशोरीको प्रेमकथा देखाइएको छ ।

यो सिरिजलाई एशियन म्युजिकको अफिसियल युट्युब च्यानल र आइफिलिक्समार्फत हेर्न सकिने जनाइएको छ । सिरिजमा कथा तथा निर्देशन विभोर पोखरेलको हुनेछ ।

सिरिजमा कविता आले, संयोग गुरागाइँ, स्नेहा पौडेल, रिजन थापा, फिरोज बस्नेत, स्मृति श्रेष्ठ, कौशल नेपाल, रेजिना खड्का, राजु गायब, पङकज ठकुरी, आयुश्री घिमिरे, कमल अधिकारी, राज राठोर,ब्राह्मी पोखरेल, इभन गुरुङ र विक्रम तामाङ लगायतको अभिनय रहनेछ ।

सिरिजमा मिलन शंकरको छायांकन, नहकुल खड्काको सम्पादन साथै राजन तिमिल्सिना, चन्द्रसिंह घले र सञ्जिब पुडासैनीको संगीत छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ७ : ०५ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल