बाढी प्रभावित क्षेत्रमा 'प्याकेजसहित' पुग्ने प्रधानमन्त्रीको बाचा | Khabarhub Khabarhub

बाढी प्रभावित क्षेत्रमा ‘प्याकेजसहित’ पुग्ने प्रधानमन्त्रीको बाचा


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट पीडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने सांसदसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले बाढीपीडितका समस्या तत्कालीनभन्दा पनि दीर्घकालीन समाधानका लागि सरकारले योजना बनाइरहेको जानकारी दिए ।

“बाढी र डुबानको समस्या समाधानको दीर्घकालीन उपायको लागि सरकारले योेजना बनाउँदै छ, वर्षेनी देशमा हुने यस प्रकारका समस्यामा समुदायलाई नै परिचालन गर्नुपर्छ, जनधनको क्षति न्यून गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन आवश्यक छ”, प्रधानमन्त्री ओलीले भने ।

प्रदेश नं–२ को बाढीग्रस्तक्षेत्रको भ्रमण गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “केही समयपछि म बाढीको क्षतिको अवलोकन र राहातको केही कार्यक्रमसहित प्रदेश नं २ मा आउँछु ।”

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ८ : ०० बजे

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा