बाढी प्रभावित क्षेत्रमा ‘प्याकेजसहित’ पुग्ने प्रधानमन्त्रीको बाचा « Khabarhub

बाढी प्रभावित क्षेत्रमा ‘प्याकेजसहित’ पुग्ने प्रधानमन्त्रीको बाचा


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट पीडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने सांसदसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले बाढीपीडितका समस्या तत्कालीनभन्दा पनि दीर्घकालीन समाधानका लागि सरकारले योजना बनाइरहेको जानकारी दिए ।

“बाढी र डुबानको समस्या समाधानको दीर्घकालीन उपायको लागि सरकारले योेजना बनाउँदै छ, वर्षेनी देशमा हुने यस प्रकारका समस्यामा समुदायलाई नै परिचालन गर्नुपर्छ, जनधनको क्षति न्यून गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन आवश्यक छ”, प्रधानमन्त्री ओलीले भने ।

प्रदेश नं–२ को बाढीग्रस्तक्षेत्रको भ्रमण गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “केही समयपछि म बाढीको क्षतिको अवलोकन र राहातको केही कार्यक्रमसहित प्रदेश नं २ मा आउँछु ।”

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ८ : ०० बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)