काभ्रेपलाञ्चोकमा डेङ्गु रोगी फेला, यी हुन् लक्षण « Khabarhub

काभ्रेपलाञ्चोकमा डेङ्गु रोगी फेला, यी हुन् लक्षण


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको खानीखोला गाउँपालिकामा डेङ्गुबाट सङ्क्रमित एक पुरुष भेटिएका छन् । डेङ्गुबाट सङ्क्रमित ती पुरुषको मकवानपुरको हेटौँडामा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

कामको सिलसिलामा हेटौँडालगायत तराईका विभिन्न जिल्लामा आवतजावतका क्रममा खानीखोलाका एक पुरुषमा केही दिनअघि मात्रै डेङ्गुका लक्षण देखिएपछि उनलाई उपचारार्थ नजिकै रहेको हेटौँडास्थित अस्पतालमा उपचार गर्न पठाइएको कार्यालयका जनस्वास्थ्य निरीक्षक कमलेश मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउनु र पाँचदेखि सात दिनसम्म रहनु, सहन नसक्ने गरी टाउको दुख्नु, आँखाको नानी तथा पछिल्लो भाग दुख्नु, ढाड, जोर्नी र मांशपेसी दुख्नु, शरीरमा बिमिरा आउनु तथा वाकवाकी लाग्ने, पेट दुख्नु, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ ।

जिल्लामा डेङ्गु सङक्रमित व्यक्ति भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालयले डेङ्गु रोगबाट बच्ने उपायबारे जानकारी लिई सतर्क रहन सबैलाई आग्रह गरेको छ । “डेङ्गु रोगथामका लागि जिल्लाका १३ वटै स्थानीय तहमा र्‍यापिट टिम खडा गरिसकिएको छ”, जनस्वास्थ्य निरीक्षक मिश्रले भने । उनका अनुसार जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेङ्गुविरुद्धको किटसहितको टोलीसमेत परिचालन गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ७ : २७ बजे

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर– कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ– माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल

ग्यास वितरण पारदर्शी बनाउन चितवनमा नयाँ व्यवस्था

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित