क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर « Khabarhub

क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु धाबीमा सात जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको यूएईबाट प्रकाशित हुने द नेसनको अनलाइन संस्करणले जनाएको छ ।

घटनामा कुल १२ जना घाइते भएको जनाइएको छ । घाइते भएका बाँकी पाँच जना भारतीय नागरिक छन् ।

आकाशमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्दा भग्नावशेष खसेको र त्यही भग्नावशेष लागेर मानिसहरु घाइते भएका हुन् । पछिल्लो समय पश्चिम एशियामा युद्ध चर्किँदै जाँदा त्यहाँ रहेका नेपालीको सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।

यसअघि यूएईमै एक जना नेपालीले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ५ : ३६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार