विमान चलाउन सिकाउने व्यक्ति आकाशमै वेहोस भएपछि… « Khabarhub

विमान चलाउन सिकाउने व्यक्ति आकाशमै वेहोस भएपछि…


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विमान चलाउन सिकाउने व्यक्ति आकाशमै वेहोस भएपछि भएपछि एक जना प्रशिक्षार्थी विमानचालकले अस्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गरेका छन् ।

उनलाई विमान उडाउन सिकाउँदै गर्दा उनका प्रशिक्षक बेहोस भएपछि म्याक्स सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रकसँग आपत्कालीन सञ्चार गरेका थिए।

पर्थस्थित विमानस्थलका हवाई ट्राफिक नियन्त्रकहरूले उनलाई विमान अवतरण गर्न सहयोग गरेका थिए । यो घटनापछि धेरैले सिल्भेस्टरको प्रशंसा गरेका बीबीसीले जनाएको छ ।

सार्वजनिक गरिएको आपत्कालीन सञ्चारसंवादमा उनले पहिले आफ्नो प्रशिक्षक कस्तो अवस्थामा छन् त्यो भनेको सुनिन्छ।

“उनी मेरो काँधमा अडेस लागेका छन्। म उनलाई उठाउन प्रयास गरिरहेको छु, तर उनी ढलिरहन्छन्,” उनी नियन्त्रकलाई भन्छन्। उनलाई सेस्ना विमान चलाउन आउँछ कि आउँदैन भन्ने प्रश्नमा प्रश्नमा उनी भन्छन्: “यो मेरो पहिलो कक्षा हो।”

घटनाअघि दुई पटक उडानको कक्षा लिएपनि सेस्ना विमाना उनी पहिलो पटक बसेका थिए र कहिल्यै विमान अवतरण गरेका थिएनन् ।

नियन्त्रकको सहायतामा विमानस्थल वरपर एक घण्टा अवतरण गर्ने अभ्यास गरेपछि उनले सफलतापूर्वक विमान ओरालेका थिए। विमान अवतरण गर्दा उनलाई आफ्नो परिवारका सदस्यहरू र आपत्कालीन उद्धारकर्मीहरूले कुरिरहेका थिए। उनको प्रशिक्षकलाई अस्पताल लगिएको छ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  २ : ०५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज