कैलालीको बौनियाँमा सानिमा बैंकको शाखा सञ्चालन « Khabarhub

कैलालीको बौनियाँमा सानिमा बैंकको शाखा सञ्चालन


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सानिमा बैंक लिमिटेडले कैलालीको बौनियाँमा शाखा कार्यालय शुभारम्भ गरेको छ । भदौं १५ गते कार्यालयको औपचारिक उद्घाटन गरि बैंकिङ्ग सेवा सुरु गरेको हो ।

उक्त शाखा कार्यालयको समुद्घाटन, सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र संचालक भरत कुमार पोखरेलले संयुक्त रुपमा गरेका थिए ।

समुद्घाटन् समारोहमा सानिमा बैंकका संचालक श्री भरत कुमार पोखरेले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँ शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

समुद्घाटन समारोहमा हरिवंश आचार्यले बौनियाँमा सानिमा बैंक संचालनमा आएकोमा बौनियाँ वासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।

सानिमा बंैकको उक्त शाखा समेत गरी हाल सम्म ७९ वटा शाखा संजाल तथा ७५ वटा ए.टि.एम. रहेका छन ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  २ : ४० बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना