नेयमार पीएसजीमै रहने « Khabarhub

नेयमार पीएसजीमै रहने


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –ब्राजिल तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी नेयमार यो सिजन पनि लिग वानमै रहने भएका छन् ।

युरोपियन फुटबलको सरुवा बजार सोमबार अर्थात् आज सकिँदैछ । तर, उनी फ्रान्सबाट बाहिरिने पुष्ट खबर आउन सकेको छैन् । त्यतिमात्रै होइन नेयमारबारे बार्सिलोना र पीएसजीबीच सहमति नहुँदा पटक–पटक भएका सम्झौताका प्रयास असफल भएका छन् ।

तर, पनि सोमबार मध्येरातसम्म कुनै चामत्कारिक निर्णय भए नेयमारले पीएसजी छाड्नेछन् । नभए उनी यो सिजन पनि पीएसजीबाट नै खेल्नेछन् । स्पेनिस क्लब बार्सिलोनाले नेयमारलाई क्ल्बमा भित्र्याउन पछिल्लो २ महिना निकै नै कसरत गर्यो । तर, पनि सफल हुन सकेन् ।

सन् २०१७ मा किर्तिमानी मूल्य २ सय २२ मिलियन युरोमा फ्रान्स पुगेका नेयमारलाई अहिले बार्सिलोनाले केही शस्तो मूल्यमा पाए भित्रेयाउने लक्ष्य बनाएको थियो । त्यसोत, बार्सिलोनाले २ जना अरु खेलाडी प्लस १सय मिलियन पाउण्डभन्दा बढी पौसा तिर्ने सहमती नजिक पुगेका समाचार पनि अपुष्ट रुपमा सार्वजनिक नभएका होइनन् ।

नेयमारका लागि पीएसजीले २सय४२ मिलियन अमेरिकी डलर माग गरेको बताइएको छ । बार्सिलोनाले त्यो रकम दिन तिर्दा युइएफएको अथिक मामलामा समस्या झेल्नु पर्ने भएपछि उसले इभान राकिटिक, जेन क्लियर तोडिदो र उसमान डेम्बेलेलाई दिएर नेयमारलाई भित्र्याउने योजना बनाएको थियो । त्यो पनि असफल भएपछि यो सिजन नेयमारले फ्रान्सको राजधानी पेरिस छाड्ने योजना असफल भएको चर्चा हुन थालेको छ ।

नेयमारविरुद्ध पीएसजीका प्रशंसकले पनि नारा बाजी गरिरहेका छन् । उनीहअरुले नेयमारलाई क्लब छाड्ने पनि प्रशिक्षक थोमस टुचेलले भने नेयमार क्लबमा हुँदा आफ्नो टिम बलियो बने बताइसकेका छन् । उनले किलियन एम्बाप्पे र इडिन्सन काभानिसँगै नेयमार पनि टोलीमा रहँदा टोली बलियो हुने बताएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  २ : ४६ बजे

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको