टानको निर्वाचनका लागि दुई समूहबाट उम्मेद्वारी घोषणा « Khabarhub

टानको निर्वाचनका लागि दुई समूहबाट उम्मेद्वारी घोषणा


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही भदौ २० गते हुन लागेको ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) को केन्द्रीय निर्वाचनका लागि दुई समूहले उम्मेद्वारी घोषणा गरेको छ ।

टानको आगामी २ वर्षे कार्यकालका लागि हुने निर्वाचनका लागि अञ्जन थापा समूह र खुमबहादुर सुवेदी समूहले काठमाडौंमा सोमबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।

सत्तारुढ नेकपाको समर्थन रहेको समूहको अध्यक्षको उम्मेदवार अञ्जन थापा र महासचिवमा सरिता लामाले उम्मेदवारी घोषणा गरेका छन् ।त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट समूहबाट सुवेदीले अध्यक्ष र कर्मा शेर्पाले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । दुवै समूहले आ–आफ्नो समूह विजयी हुने दावी गरेका छन् ।

नेकपा निकट अध्यक्षका उम्मेदवार थापाले पर्वतीय पर्यटनको विकास गरेर कमजोर बन्दै गएको पर्यटन व्यवसायलाई सबल बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले पर्यटन क्षेत्रको विकासका लागि त्यसको गुणस्तरीय सेवामा लागी पर्ने बताए ।

काँग्रेस निकट अध्यक्षका उम्मेदवार सुवेदीले आर्थिक संकटमा फसेको टानलाई सुधार गरेर अघि बढाउन आफ्नो समूहले उम्मेदवारी दिएको स्पष्ट पारे । उनले आफ्नो समूह विजयी भए विगतका पदाधिकारीहरुले भन्दा बढी काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

आगामी भदौं २० गते टानको ४१ औं साधारणसभाको अवसर पारेर निर्वाचन हुँदैछ । निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित १७ पदका लागि निर्वाचन हुनेछ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ५ : २३ बजे

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी