अक्षय कुमारको फिल्ममार्फत डेब्यु गर्दै मानुषी छिल्लर « Khabarhub

अक्षय कुमारको फिल्ममार्फत डेब्यु गर्दै मानुषी छिल्लर


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमार आजभोलि आफ्नो फिल्म ‘मिसन मंगल’ को सफलताले उत्साहित छन् । उनले अभिनय गरेका फिल्म सूर्यवंशी, बच्चन पाण्डे र लक्ष्मी बम प्रदर्शनको पाइपलाइनमा छन् । यसका साथै उनी नयाँ फिल्मको अफर पनि स्वीकार गरिरहेका छन् ।

खबर आएको छ कि, यशराज फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म पृथ्वीराज चौहानको जीवनीमा आधारित फिल्म फिल्ममा अक्षय कुमारले अभिनय गरेका छन् । यो ऐतिहासिक फिल्ममा पृथ्वीराज चौहानको भूमिकामा अक्षय कुमार हुनेछन् भने खलनायकको भूमिका महम्मद गौरीले निभाउँदै छन् ।

फिल्ममा मुख्य गरी राजकुमारी संयोगिताको प्रेमकहानी देखाइने छ । यो भूमिकाका मिस वर्ल्ड मानुषी छिल्लरले अभिनय गर्ने भएकी छिन् ।

मानुषी सन् २०१७ मा मिस वल्र्ड बनेकी थिइन् । यसपछि उनलाई कैयन् फिल्ममा अफर आयो तर नले कुनैमा पनि काम गरेकी थिइनन् । यो फिल्मबाट भने उनले धेरै आशा गरेकी छिन् ।

फिल्मलाई चन्द्रप्रकाश द्वीवेदीले निर्देशन गर्नेछन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ६ : ४१ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको