जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा « Khabarhub

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्ब्लीसी– आफ्नो मिसन पूरा भएको भन्दै ककेशिसन मुलुक जर्जियाका प्रधानमन्त्री ममुका बख्ताद्जेले राजीनामा दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्री बख्ताद्जेले ‘अघिल्लो वर्ष आफूले निर्धारण गरेको रणनीतिक विकासको लक्ष्य पूरा गरेको’ भन्दै राजीनामा दिने घोषणा गरेका हुन् । उनले नयाँ प्रधानमन्त्रीको उम्मेद्वार केही दिनभित्र घोषणा गरिने जनाएका छन् ।

‘रणनीतिक विकासको फ्रेमवर्क स्थापित गरिएको, लागू गरिएका कारण आफ्नो मिसन पूरा भएको विश्वासका साथ आफूले राजीनामा दिने निर्णय लिएको’ पोष्टमा उल्लेख छ ।

अर्थतन्त्रमा उदारीकरण, नेटो र युरोपेली युनियनको सदस्यताका लागि पहल गर्न भन्दै उनलाई गत वर्ष त्यहाँको संसद्ले प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ६ : ४७ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००