कस्तो रह्यो कलाकारको तीज (फोटो फिचर) « Khabarhub

कस्तो रह्यो कलाकारको तीज (फोटो फिचर)


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू नेपाली नारीहरुको महान चाड तीजको रौनक सोमबार पशुपतिनाथमा देखियो । राजधानीस्थित पशुपतिनाथ मन्दिरमा व्रतालुहरुको भीड लागेको थियो । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा दर्शनार्थी र ब्रतालु महिलाहरु विहानैबाट पुगेका थिए ।

तीनै भीडमा नेपाली कलाकारहरु पनि तीज मनाइरहेका थिए । उनीहरुले पनि भव्यरुपमा तीज मनाएका छन् । शूटिङका कारण तीज मनाउन नपाएका कलाकारले पनि सामाजिक सञ्जालमा आफू सजिएका तस्वीर अपलोड गर्दै तीजको शुभकामना व्यक्त गरेका छन् ।

तीजमा नायिका केकी अधिकारी भने चितवन पुगेकी थिइन् । उनी त्यहाँ चलचित्र ‘छ माया छपक्कै’ को प्रचारका लागि फिल्म युनिटसँग पुगेकी थिइन् । यस्तै दीपाश्री निरौला आफ्नो जन्मस्थान विराटनगर पुगेकी छिन् ।

अनु शाह

उनले आफ्ना परिवारका साथ विभिन्न मन्दिर गएर तीज मनाइन् । ‘विरलै घर आउन पाइन्छ, रमाइलो भएको छ, आजको दिन एकदमै रमाइलो भयो,’ दीपाश्रीले खबरहबसँग भनिन् ।

यता नायिका वर्षा शिवाकोटीले भने आफू चलचित्र ‘लक्का जवान’ को छायांकनमा व्यस्त भएकाले तीज मनाउन नपाएको बताइन् । यद्यपि उनले सामाजिक सञ्जालमार्फत खुशी साटेकी छिन् ।

आँचल शर्मा ।

अन्य चर्चित नायिकाहरुले पनि सामाजिक सञ्जालमा आफ्नो तीजको रौनकलाई शेयर गरेका छन् । हेरौँ तस्वीरहरु:

अनु शाह ।
वर्षा राउत ।
वर्षा राउत ।
दीपिका प्रसाईं
केकी अधिकारी ।
कुञ्जना घिमिरे परिवारका साथ ।
नीता ढुङ्गाना ।
पूजा शर्मा ।
प्रियंका कार्की ।
सञ्चिता लुइँटेल ।

 तस्वीरहरू: सामाजिक सञ्जाल

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ७ : ३० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी