गोसाइँकुण्ड पानी उद्योगमा सिल « Khabarhub

गोसाइँकुण्ड पानी उद्योगमा सिल


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा रहेको गोसाइँकुण्ड ड्रिङकिङ वाटर उद्योगमा जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ ।

उक्त कम्पनीले उत्पादन गरेर बजारमा पठाएको पानीमा किरा पाइएपछि जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनका आधारमा प्रशासनले उद्योगमा सोमबार सिल लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार कम्पनीमार्फत बजारमा बिक्रीका लागि पठाएको पानीको जारमा किरा रहेको उजुरी उपभोक्ताबाट आएपछि कारवाहीका लागि सिल गरेर परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ ।

“उद्योगबाट सङ्कलन गरिएका दुई थान नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइने छ”, पोखरेलले भने, “नमूनाको नतिजाका आधारमा बाँकी कारवाही अघि बढ्नेछ ।” उक्त कम्पनीमा सिल गरेसगैँ त्यहाँबाट उत्पादित पानी बिक्री नगर्न पनि पत्रमार्फत सचेत गराइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ९ : २७ बजे

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी