तपाईंलाई थाहा छ ? सपना सम्बन्धी केही तथ्य यस्ता छन् « Khabarhub

तपाईंलाई थाहा छ ? सपना सम्बन्धी केही तथ्य यस्ता छन्


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसहरू निदाएपछि सपना देख्छन् । कहिले राम्रो त कहिले डरलाग्दो । सपनाबारे पनि मानिसहरुका आ–आफ्नै तर्क हुन्छन् ।

ज्योतिषीहरुले समेत कस्तो सपना देख्दा के फल मिल्छ भन्ने विषयमा फलादेश गर्दै आएको पाइन्छ । डरलाग्दो सपना देखेपछि मानिसमा चिडचिडाहट हुन्छ र ब्युँझन्छन् ।

त्यस्ता डरलाग्दा अथवा नराम्रो सपनाले विपनामा केही नराम्रो हुने संकेत मिल्ने बताइन्छ ।

सपनाको फल कस्तो मिल्छ भन्ने विषयमा मानिसहरुमा जानकारी भए पनि सपनाका केही तथ्यहरुबारे तपाइलाई थाहा नहुन सक्छ । सपना सम्बन्धी केही तथ्य यहाँ प्रस्तुत गरिएको छ-

१. बच्चाहरू तीन-चार वर्षको नहुँदासम्म आफ्नो बारेमा सपना देख्दैनन् ।
२. निद्रामा घुर्ने मान्छेले घुरेका बेलामा सपना देख्दैनन् ।
३. एक औसत व्यक्तिले जिन्दगीको ६ वर्ष सपना देखेर बिताउँछ ।
४. पर्सनालिटी डिसअर्डर नामक मानसिक रोगबाट ग्रस्त व्यक्तिले सपना देख्दैनन् ।
५. हामी उठेको एक मिनेटभित्रै ९० प्रतिशत सपना हराइसकेका हुन्छन् ।
६. हामी सपनामा आफूले पहिल्यै भेटिसकेका मान्छेलाई मात्र देख्छौं ।
७. केही दुर्लभ केसमा मान्छेले पछि हुने कुरा सपनामा देख्छन् ।
८. तपाईं सपनामा किताब पढ्न र समय बताउन सक्नुहुन्न ।
९. हामी एक रातमा सातवटासम्म सपना देख्न सक्छौं ।
१०. मान्छेको दिमाग जागृत अवस्थामा भन्दा स्वप्न अवस्थामा बढी सक्रिय हुन्छ ।
११. जनावर पनि सपना देख्छन् ।
१२. दृष्टिविहीन पनि सपना देख्छन् ।
१३. ईशापूर्व ४००० मा इजिप्सियनहरूले स्वप्न शब्दकोश तयार पारेका थिए।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ९ : ३३ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको