यो हो स्वर्ग जाने ढोका ! « Khabarhub

यो हो स्वर्ग जाने ढोका !


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारमा यस्ता पनि देश छन् जहाँ अचम्मका दृश्य देख्न पाइन्छ । चीनमा एउटा चर्चित गुफा छ जहाँ जानको लागि स्वर्ग जाने सिँढी चढ्नुपर्छ।

ग्रेट वाल अफ चाइनाजस्तै यो अर्को एउटा जादुमयी ठाउँ हो । जहाँ पर्यटकहरु ठूलो मात्रामा घुम्न जाने गर्छन् । यो चर्चित पर्यटकीय क्षेत्रमा वर्षभरी नै मान्छे घुम्नका लागि आवत-जावत गरिरहेका हुन्छन् ।

चीनमा भएको तियानमेन माउन्टेनलाई स्वर्गको ढोका पनि भन्ने गरिन्छ । खासमा यो पहाडमा भएको गुफालाई संसारकै उच्च स्थानमा भएको गुफा पनि मानिन्छ । यस गुफालाई स्वर्गको गुफा पनि भन्ने गरिन्छ ।

सुन्दर पहाडका डरलाग्दा घुम्ती छिचोल्दै उकालो चढेपछि यो गुफामा पुगिन्छ । झण्डै ५ हजार फिटको उचाईमा अवस्थित यो गुफा तीव्र हावाका कारण बनेको बताइन्छ ।

यसको लम्बाई १ सय ९६ फिट र उचाई ४ सय ३१ फिट छ । धेरै अग्लो स्थानमा भएका कारण गुफा पूर्ण रुपमा बादलले घेरिएको हुन्छ । यहाँ जान पहाडको बाटोका अलावा केबलकार पनि प्रयोग गर्न सकिन्छ ।

केबलकारबाट उत्रिएपछि यो गुफामा पुग्न ९ सय ९९ वटा सिँढी चढ्नुपर्छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १० : १७ बजे

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले