चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण– गृह मन्त्रालयका कर्मचारीले दशैं बिदा नपाउने « Khabarhub

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण– गृह मन्त्रालयका कर्मचारीले दशैं बिदा नपाउने


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणको तयारी तीब्र पारेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने जनाइएको छ । सोहीअनुसार सरकारले आवश्यक तयारी शुरु गरेको हो ।

चिनियाँ राष्ट्रपति सीको भ्रमण तयारीका लागि गृह र परराष्ट्र मन्त्रालयले विशेष तयारी गरिरहेका छन् ।

परराष्ट्र मन्त्रालयले राष्ट्रपति सीको भ्रमणका बेला हुने सम्भावित सम्झौता तथा छलफलका विषयबारे मन्त्रालयगत रुपमा छलफल गरिरहेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा हुने सम्भावित सम्झौता र छलफलका विषयको अन्तिम सूची तयार पार्ने काम भइरहेको छ ।
गृह मन्त्रालयका कर्मचारीले दशैं बिदा नपाउने

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा सुरक्षा व्यवस्थापनका विषयमा गृह मन्त्रालयले आवश्यक तयारी शुरु गरेको छ ।

गृह मन्त्रालयले चिनियाँ जनमुक्ति सेनाका केही अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसँग छलफल गरेर सुरक्षा योजनालाई अन्तिम रुप दिने काम गरिरहेको छ ।

‘अहिले राष्ट्रपति सीको सुरक्षा तैनाथीको योजना निर्माण, चूनौतीको पहिचान र पूर्व सूचना संकलनको काम एकसाथ भइरहेको छ,’ गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका एक अधिकारीले भने ।

गृह मन्त्रालयले राष्ट्रपति सीको भ्रमणका बेला सबै कर्मचारी अनिवार्य रुपमा कार्यालय हाजिर हुनुपर्ने व्यवस्था गरेको छ ।

गृहसचिव प्रेमकुमार राईले मन्त्रालयका सबै महाशाखा र शाखाहरुलाई परिपत्र गरेर असोज मसान्तसम्म कुनै पनि कर्मचारीको बिदा स्वीकृत नगर्न निर्देशन दिएका छन् ।

‘असोज मसान्तसम्मका लागि कुनै पनि कर्मचारीलाई बिदा स्वीकृत नगर्न भनेर परिपत्र जारी भएको छ,’ गृह मन्त्रालयको प्रशासन महाशाखाका एक अधिकृतले भने, ‘कुनै कर्मचारीले बिदा लिनै पर्ने अवस्था भए कारण खुलाएर निवेदन दिनुपर्ने भनिएको छ । निवेदनमा उल्लेख गरिएको कारण मनासिब र चित्तबुझ्दो भएमात्रै बिदा दिने भनिएको छ ।’

प्रशासन महाशाखाका ती अधिकृतका अनुसार विशेषावस्थामा बाहेक अन्य कर्मचारीले आवश्यक परेको खण्डमा ३ घण्टाभित्र जुनसुकै समयमा (राति) समेत पनि मन्त्रालयमा उपस्थित हुन भनिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ११ : ३३ बजे

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल