दशैंका लागि रोल्पामा व्यवस्थामा कडाइ « Khabarhub

दशैंका लागि रोल्पामा व्यवस्थामा कडाइ


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एल बि मगर

रोल्पा – चाडपर्व नजिकिएसँगै रोल्पामा सुरक्षा व्यवस्था बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चाडपर्वमा हुन सक्ने सम्भावित घटनाहरूलाई ध्यान दिएर जिल्लाको सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ ।

चोरी डकैती , कुटपिट , जुवा तास जस्ता घटनाहरुलाई रोक्न जिल्लाका सबै प्रहरी इकाईहरुलाई निर्देशन गरेको डिएसपी गुरुङले बताए ।
उनले भने, चाडपर्बमा जिल्लामा कुनै अप्रिय घटना हुन नदिनका लागी जिल्लाका प्रत्येक नाकाहरुमा रहेका प्रहरी इकाईहरुलाई चुस्त बनाइएको र सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ , बाहिरी जिल्लाहरुबाट रोल्पा भित्रिने यातायातका साधनहरुमा सुरक्षा चेकजाचमा कडाइ गरिएको छ ।’

जिल्लाका अधिकाश प्रहरी युनिटहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरि सम्बन्धित युनिट प्रमुखहरु लाई आ-आफ्नो इलाका भित्र शान्ति सुरक्षाको अबस्था मजबुत राख्न निर्देशन यदिइसकेको समेत डिएसपी गुरुङले जानकारी दिए ।

रोल्पामा स्थायी र अस्थायी गरि ३६ वटा प्रहरी युनिटहरु रहेका छन् । विभिन्न काम काज तथा रोजगारीका लागी जिल्ला बाहिर तथा नेपाल बाहिर गएका रोल्पालिहरु घट्स्थापना सुरु भए देखी नै गाउँ फर्किन थालिसकेका छन ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १२ : ५५ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि