दशैंका लागि रोल्पामा व्यवस्थामा कडाइ | Khabarhub Khabarhub

दशैंका लागि रोल्पामा व्यवस्थामा कडाइ


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एल बि मगर

रोल्पा – चाडपर्व नजिकिएसँगै रोल्पामा सुरक्षा व्यवस्था बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चाडपर्वमा हुन सक्ने सम्भावित घटनाहरूलाई ध्यान दिएर जिल्लाको सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ ।

चोरी डकैती , कुटपिट , जुवा तास जस्ता घटनाहरुलाई रोक्न जिल्लाका सबै प्रहरी इकाईहरुलाई निर्देशन गरेको डिएसपी गुरुङले बताए ।
उनले भने, चाडपर्बमा जिल्लामा कुनै अप्रिय घटना हुन नदिनका लागी जिल्लाका प्रत्येक नाकाहरुमा रहेका प्रहरी इकाईहरुलाई चुस्त बनाइएको र सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ , बाहिरी जिल्लाहरुबाट रोल्पा भित्रिने यातायातका साधनहरुमा सुरक्षा चेकजाचमा कडाइ गरिएको छ ।’

जिल्लाका अधिकाश प्रहरी युनिटहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरि सम्बन्धित युनिट प्रमुखहरु लाई आ-आफ्नो इलाका भित्र शान्ति सुरक्षाको अबस्था मजबुत राख्न निर्देशन यदिइसकेको समेत डिएसपी गुरुङले जानकारी दिए ।

रोल्पामा स्थायी र अस्थायी गरि ३६ वटा प्रहरी युनिटहरु रहेका छन् । विभिन्न काम काज तथा रोजगारीका लागी जिल्ला बाहिर तथा नेपाल बाहिर गएका रोल्पालिहरु घट्स्थापना सुरु भए देखी नै गाउँ फर्किन थालिसकेका छन ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १२ : ५५ बजे

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय